काठमाण्डौ  । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन “इन्टरनेशनल फाइनान्स”द्वारा “बेष्ट इन्टरनेट बैंक नेपाल २०१६” बाट सम्मानित भएको छ । 

सिंगापुरमा आयोजना भएको एक विशेष कार्यक्रमका बीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञावलीले ले सो पुरस्कार ग्रहण गरेका थिए ।

ग्लोबल आइएमई बैंकलाई गुणस्तरीय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा सो अवार्ड दिइएको हो । ग्लोबल आइएमई बैंक नेपाली भाषा (देवनागिरिमा) इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गर्ने नेपालमा पहिलो बैंक हो । बैंकले आफ्ना ग्राहकहरुमाझ सहज बैंकिङ्ग सेवा प्रदान गर्ने लक्ष्यले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । ८२ अर्ब निक्षेप, ६९ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९१ वटा शाखा, ९ वटा नेपाल सरकारको राजश्व संकलन काउण्टर, १०३ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर, भारत तथा अष्ट्रेलियामा सम्पर्क कार्यालय, ४४ वटा शाखारहित बैंकिङ्ग सेवा तथा १वटा सि.डि.एस.काउण्टर रहेका छन् । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत संचालन गर्दै आइरहेको छ ।