काठमाण्डौ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले बाग्लुङका ताराखोला गाउँपालिका–२ अर्गल र जैमिनी–८ अर्के छिस्ती, नवलपुरको गैडाकोट–३ ढोडेनी, बैतडीको पुर्चाैडी–५ कुवाकोट, म्याग्दीको रघुगंगा–१ बेगखोला, मकवानपुरको बागमती–६ फापरबारी र रोल्पाका रोल्पा–३ सातदोबाटो, लुुंग्री–३ जुटुंगखोला, गंगादेव–१ ओत र परिवर्तन–६ नाफेमा शाखारहित बैंकिङ सेवाको सुुरुआत गरेको हो । यी १० वटै शाखारहित बैंकिङ सेवाहरु स्थानीय जनप्रतिनिधि, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयको रोहवरमा उद्घाटन गरिएका छन् । यीसँगै हाल बैंकको शाखारहित बैंकिङ सेवाको संख्या १९४ पुगेको छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको ब्याज भुक्तानी गर्ने, डिस होम, सीडीएमए, यूटीएल र एनटीसीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्नेलगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनका लागि बैंकले ती स्थानमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । बैंकले १४९ वटा शाखा, ३० वटा एक्सटेन्सनएवम् राजश्व संकलन काउण्टर, १५० एटिएम तथा १९४ शाखारहित बैंकिङ सेवा र नेपालबाहिर तीन प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।