काठमाण्डौ । नेपालमा हालै बिग मर्जर गरेका ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण निकै राम्रो बन्दै गएको बताएका छन् ।

सिड्नीमा आयोजित एक अन्तरक्रियामा बोल्दै उनले अस्ट्रेलियामा भएका नेपाली लगानीकर्तालाई आफ्नो बैंक उपयुक्त सहजकर्ता हुन सक्ने बताए ।

उनले गैर आवासीय नेपालीहरुको समेत लगानी निर्माण हुदै गरेको दोर्दी जलाबिध्युत आयोजना छिट्टै संचालनमा आउने पनि बताए ।
उनले हाल अस्ट्रेलिया लगाएत भारत , बेलायेत , मलेसिया र जापानमा सम्पर्क कार्यालय रहेको आफ्नो बैंकको अस्ट्रेलियामा शाखा खोल्ने तयारी सुरु भएको पनि बताए । नेपालमा प्रदेश(प्रदेशहरु र स्थानिय सरकारहरुबीच विकासमा प्रतिस्पर्धा सुरु भएकाले लगानीका सम्भावनाहरु झन् बढेर गएको उनले बताए । आफ्नो समुहले चन्द्रागिरि केवलकार तथा रिसोर्ट जस्तै परियोजना अन्य सात राज्यमा पनि निर्माण गर्न लागेको उनको भनाइ थियो । अन्तरक्रियामा गैरआवासीय नेपाली संघको अन्तरास्ट्रिय समितिका उपाध्यक्ष मन केसीले आफ्नो सस्था दश अर्ब बराबरको गैर आवासीय नेपालीहरुको संयुक्त कोष निर्माण गर्ने तयारीमा रहेको बताए । उक्त कोष निर्माण सँगै नेपालमा गैरआवासीय नेपालीहरुको ठूलो तथा सयुक्त लगानी सुरु हुने बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष गोवा कटवालले नेपालमा नीतिगत समस्या भएकाले गैर आवासीय नेपालीहरुमा लगानीको आत्मविश्वास अझै पैदा नभएको बताए ।

नीतिगत रुपमा नेपालबाट आफ्नो लगानी वा मुनाफा कर तिरेर सहज फिर्ता ल्याउन पाइने र लगानीका लागि सहज रुपमा यहाँबाट पूँजी लगानी गर्न पाइने वातावरण बनेमा गैर आवासीय नेपाली लगायत बैदेशिक पुजी नेपालमा भित्रन सक्ने उनले बताए । कार्यक्रममा गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पूर्व अध्यक्ष डिला खरेलले गैरआवासीय नेपालीहरुले ठूलो मात्रामा संयुक्त पूँजी संकलन गर्न सकेमा नेपालमा लगानी गर्न सरकारी स्तरबाट सहयोग हुने आफूलाई बिस्वास भएको भन्दै आफुहरुले पुजी संकलनमै जोड दिनु पर्ने बताए । कार्यक्रममा सिड्नीमा क्रियाशील दुइ दर्जन ब्यबशायि तथा गैर आवाशीय नेपाली अगुवा हरु उपस्थित थिए ।