काठमाण्डौ । जनता बैंकसँगको मर्जर प्रक्रिया टुंग्याएर ६ महिनापछि दोस्रो बजारमा कारोबारमा आएको ग्लोबल आईएमई बैंकको सेयरमूल्यमा उछाल आएको छ ।

हिजो सोमबारदेखि कारोबारमा आएको ग्लोबल आईएमई बैंकको सेयरले ओपनिङ रेन्ज २५२.४७ रुपैयाँ पाएको थियो । कारोबारको दुई दिनकै अवधिमा ५२ रुपैयाँको हाराहारीमा बढेर प्रतिकित्ता ३०४ रुपैयाँ पुगेको छ । 

मंगलबार कारोबार सुरु भएको पौने घन्टामै ग्लोबल आईएमई बैंकको सेयरमूल्यमा १० प्रतिशतको उछाल आएर पोजेटिभ सर्किट लागेको छ । बैंकको सेयरमा मंगलबार प्रतिकित्ता २७ रुपैयाँको बढोत्तरी आएको छ । 

यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा यो बैंकको सेयर खरिदचाप अत्याधिक देखिएको छ भने बिक्रीचाप शून्य रहेको छ । मार्केट डेप्थमा यो बैंकको १२ लाख ८२ हजार ८९६ कित्ता सेयर खरिद पोस्ट भएको छ ।