काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले  हिजो सोमबार प्रदेश नं. ५ को बर्दिया जिल्ला, गुलरिया नगरपालिका वडा नं. ६ जिविस रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २६७ पुगेको छ ।

बैंकले २६७ वटा शाखा, ३७ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २५६ एटिएम तथा २४८ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्पmत आफ्ना १८ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।