काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लोभ लाग्दो वित्तीय प्रदर्शन गरेको छ । यो अवधिमा संस्थाले गत आर्थिक वर्षको यही अवधिमा तुलनामा ३०० प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ ।

संस्था दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले ७ करोड ८७ लाख खुद नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ९६ लाख रुपैयाँमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाले १२ करोड ३६ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । गत वर्ष संस्थाले ३ करोड ८ लाख रुपैयाँमात्र सञ्चालन मुनाफा गरेको थियो ।

यस्तै संस्थाले यो अवधिमा १४ करोड ३७ लाख रुपैेयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५ करोड १८ लाख रुपैयाँमात्र खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले १ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले ५६ करोड ६४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

यसैगरी संलग्ने रिजर्भको अकार ३७३.८३ शतप्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा ३ करोड ५० लाख रुपैयाँ रहेको रिभर्जमा अहिले बढेर १६ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी २५ करोड ९५ लाख रुपैयाँ पुगेको छ । गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी १८ करोड ७७ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६०.६५ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १८.४७ रुपैयाँ रहेको छ ।