ग्लोबल आईएमई बैंकका डेपुटी म्यानेजर रविन्द्र ढकाल सनराइज बैंकमा जाने भएका छन् । 

सोमबारदेखि सनराइजको म्यानेजर पद सम्हाल्ने गरी ढकाल जान लागेका हुन् ।

ढकालले यसअघि ग्लोबलमा शाखा प्रबन्धक, मार्केटिङ, कार्ड, सेल्स र रेमिट्यान्स प्रमुख भएर काम गरिसकेका छन् । उनको अन्तर्राष्ट्रिय रेमिट्यान्स, शाखारहित बैंकिङ सेवा ब्राण्डिङ, ब्राञ्च म्यानेजमेन्ट र मिडिया रिलेसनको अनुभव रहेको छ।

छोटो समयमा बैंकिङ करियरमा राम्रो छाप बनाएका ढकालको बैंकिङ क्षेत्रमा १३ वर्षको अनुभव रहेको छ ।

ग्लोबल आइएमइबाट यसअघि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आरती राणा सनराइज बैंक गइसकेका छन्।