काठमाण्डौ। तपाइँ घर किन्ने योजनामा हुनुहुन्छ ? पर्याप्त पैसा छैन ? नआत्तिनुहोस् अब तपाइँको घर किन्ने सपना पूरा नेपालका बैंकहरुले गरिदिनेछन्।

अब तपाइँले उपयुक्त घर खोज्नुअघि नै बैंकमा होम लोन प्रि–अप्रुभ्ड गर्न सक्नुहुन्छ। र, यो सुविधा नेपालमा एनएमबी बैंकले मात्रै दिँदै आएको छ। 

एनएमबी बैंकको प्रि–अप्रुभ्ड लोन योजनाले अब तपाइँको घर किन्ने सपना झनै सहज बनाइदिएको छ। तपाइँले घर रोज्नुअघि नै एनएमबी बैंकले तपाइँ होम लोन प्रि–अप्रुभ्ड गरिदिन्छ। 

के हो प्रि–अप्रुभ्ड होम लोन ?
प्रि–अप्रुभ्ड होम लोन भनेको बैंकले आफ्नो लोन तिर्ने क्षमताको आँकलन गरेर तपाइँलाई इन–प्रिन्सिपल लोन दिने मन्जुरी दिनु हो। यो मन्जुरी सीमित समयका लागि हुन्छ। यो अवधिमा तपाइँ आफूलाई उपयुक्त घर खोज्न सक्नुहुन्छ। बैंकले घर रोज्नुअघि नै केवल तपाइँको आय, क्रेडिट स्कोर र वित्तीय स्थितिका आधारमा बैंकले होम लोन अप्रुभ गरिदिन्छ। 

बैंकको परिधिभित्र पर्न आवश्यक
तपाइँले रोजेको घरको कानुनी र प्राविधिक जाँच पनि हुन्छ। यदि तपाइँसँग प्रि–अप्रुभ्ड लोन छ, तर जुन घर तपाइँले रोज्नु भएको छ, त्यो बैंकको मापदण्डभित्र पर्दैन भने तपाइँले लोन पाउनुहुन्न।

प्रि–अप्रुभ्ड लोनको फाइदा
लोन अप्रुभ्ड भएपछि तपाइँ आफूलाई उपयुक्त घर खोज्न सक्नुहुन्छ। तपाइँलाई आफ्ना बजेट पनि राम्ररी थाहा हुन्छ। यसले समयको पनि बचत हुन्छ। यतिमात्र होइन तपाइँले बिक्रेतासँग सही ढंगले बार्गेनिङ पनि गर्न सक्नुहुन्छ। किनकि तपाइँ बिक्रेतालाई तुरुन्तै पैसा दिनसक्ने अवस्थामा रहिसक्नुभएको हुनेछ। 

तपाइँ अन्य क्रेताको तुलनामा छिट्टै बिक्रेतालाई पैसा दिन सक्नुहुन्छ। यही कारणले तपाइँले कुनै घर किन्दा छुट पनि पाउन सक्नुहुन्छ। 

प्रि–अप्रुभ्ड लोकनको भ्यालिडिटी(मान्यता)
आम रुपमा प्रि–अप्रुभ्ड लोनको भ्यालिडिटी (मान्यता) ६ महिनासम्मको हुन्छ। यो अवधिमा तपाइँले आफूलाई उपयुक्त घर खोज्न सक्नुहुन्छ। 

भ्यालिडिटीको अवधिमा ब्याजदर तय हुन्छ
प्रि–अप्रुभ्ड लोनको भ्यालिडिटीको अवधिमा लोनको राशि, अवधि र ब्याजदर तय हुन्छ। तर यो अनुमानित मात्र हो। ब्याजदर अन्य दोस्रो सर्त फाइनल तरिकाले तपाइँ लोन लिनुहुन्छ, तब तय हुन सक्छ।