काठमाण्डौ । मानिसले सफलताको आइडिया जुनसुकै बेला र जुनसुकै ठाउँमा फेला पार्न सक्छ । सफल बन्नका लागि आफ्नो आइडियामा भरोसा गर्ने र त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयमा ल्याउन बढी आवश्यक हुन्छ । हामी आज यस्तै एक करोडपति महिलाको सफलताको कथा सुनाउन गइरहेका छौ, ती महिलालाई सफलताको शिखरमा पुर्याउने आइडिया त्यो बेला आयो, जुन बेला उनी घरमै बसेकी थिइन् र घरमा राखिएको २ वटा अलग–अलग वस्तुलाई सँगै देखिन् । सुरुमा त्यो प्रोडक्टलाई उनले आफन्तहरुलाई गिफ्ट दिन मात्र तयार गरिन् । तर, जब उनको पतिको जागिर टुट्यो, त्यसपछि भने यही आइडियालाई उनले बिजिनेशको रुपमा सुरु गरिन् । उनको आइडिया यति धेरै सफल र विशेष बन्यो कि, प्रोडक्ट बजारमा आएको ८ हप्तामै यी महिला करोडपति बनिन् ।

के थियो त्यस्तो आइडिया ?
अमेरिकामा बस्ने किम लेवाइन्स सन् २००० सम्म एक आम घरेलुु महिला थिइन् । उनको सौख थियो सिलाईबुनाई । किमको घरमा कयौं पाल्तु जनावर थिए, जसलाई उनका पतिले मकै र मटरको दाना खुवाउँथे । एक दिन उनको पतिले मकैं खरीद गरेर ल्याएको पकेट उनको सिलाई मेसिनछेउमै छाडेर अफिस गए । 

त्यसपछि उनमा आइडिया आयो, मकैं र मटरको दानाले भरिएको सिरानी किन नबनाउने ? जसलाई माइक्रोवेभमा राखेर गरम गर्न सकियोस् र जसका कारण यो तकियाले न्यानोपन देओस् ।

यसपछि नै मकैंको दाना भरिएको तकिया बजारमा ल्याइयो । किमले यो सिरानीलाई केही समयपछि स्पा थेरापीको खास सिरानीको रुपमा रुपान्तरण गरिदिइन् । 

किमले पहिला यस्तो सिरानीलाई घर आसपासका बच्चाहरुलाई उपहारको रुपमा दिइन् । त्यसपछि वरिपरिका अन्य मानिसहरु समेत उनको घरमा पुुगेर थप सिरानी माग्न थाले । कतिपयले त सो सिरानीका कारण आफ्ना बच्चाहरु आरामले निदाएका भन्दै त्यसको मूल्य तिर्न समेत तयार रहेको बताउन थाले । छिमेकीको रेसपोन्स देखेर किमले यो आइडियालाई प्रभावकारी ढंगले अगाडि बढाउने बिषयमा सोचिन् । 

सुरुवातमा किमले सामान्य स्टलमा आफ्नो उत्पादन राखेर व्यापार थालिन् । राम्रो रेसपोन्स पाएपछि उनले ठूला मलहरुसँग सम्पर्क गरिन् । एक स्टोर चेनले यो सिरानीको संभाव्यतालाई देखेर आफ्नो स्टोरमा राख्ने सहमति दियो । किमलाई पनि यो खास सिरानीले सफलता प्राप्त गर्छ भन्ने पहिल्यै अनुमान थियो । यहीकारण उनले पहिलादेखि नै सिरानीको उत्पादनलाई बढाउने हिसाबले सहयोगी कर्मचारीहरुको व्यवस्था गरिसकेकी थिइन् । त्यसपछि डिल भएको केही समयपछि नै यो खास सिरानी ‘व्यूटिव’ मलमा हारालुछ भएर बिक्री हुन थाल्यो । 

किमका अनुसार बजारमा यो सिरानी उतारिएको ८ हप्तामै २.२५ लाख अमेरिकी डलर आम्दानी भयो । त्यो समयको हिसाबमा यो रकम १ करोड ६० लाख भन्दा बढी थियो । 
किमको यो प्रोडक्ट निकै सामान्य थियो । यहीकारण व्यूटिवको सफलताको हरेक ठाउँमा नक्कल गर्न थालियो । 

यसलाई देखेर किमले आफ्नो प्रोडक्टलाई डिजाइन प्रोडक्टमा रुपान्तरण गरिदिइन् । उनले गुणस्तरमा निकै ठूलो परिवर्तन गरिन् । उनले बच्चाका लागि खास रेञ्जका सिरानीहरु बनाइन् । त्यसपछि यो प्रोडक्टको प्रयोग गर्दा स्वास्थ्यमा हुने फाइदाको बिषयलाई समेत निकै हाइलाइट र प्रचारप्रसार गरियो । यसका कारण यो प्रोडक्ट आफ्नो सेग्मेन्टमा टप बन्यो । 

यसका साथै यो सिरानीको मूल्य यस्तो राखियो कि, मानिसहरुले यही खरीद गरेर आफन्तलाई गिफ्ट दिन थाले । 

हाल व्यूटिवको कारोबार करोडौं डलरको प्रोडक्टको रुपमा विकास भइसकेको छ । 

आफूले सफलता पाएपछि किमले अन्य महिलाहरुलाई समेत अगाडि बढाउने प्रयास गरिरहेकी अन्तर्राष्ट्रिय मिडिया रिपोर्टहरुमा जनाइएको छ । किम अब एक लेखिका समेत बनेकी छिन्, उनले लेखेका किताब उनको प्रोडक्ट जस्तै निकै चर्चित र सफल बनिरहेका छन् । 

यसका साथै किमले सन् २०११ मा एक प्रोजेक्ट लञ्च गरिन्, जसको मद्धतले उनले घरमै बस्ने कामकाजी महिलाहरुलाई आफ्नो विजिनेश खडा गर्न प्रेरित गर्दै आएकी छिन् ।