काठमाण्डौ । युट्यूब अहिले यस्तो प्लेटफर्म बनेको छ जहाँबाट नाम र दाम दुुवै आर्जन गर्न सकिन्छ । युट्यूबबाट राम्रो आम्दानी आर्जन गरिरहेका थुुप्रै उदाहरणहरु छन् । युट्यूब अनलाइन कमाईको सबैभन्दा उत्तम विकल्प मात्रै नभई आफ्नो प्रतिभा विश्वसामुु देखाउने एउटा गतिलो प्लेटफर्म पनि हो । स्तरीय भिडियोहरु बनाएर युट्यूबमा अपलोड गरेर राम्रो आम्दानी आर्जन गर्न सकिन्छ । 

यसको विशेष कुुरा के भने यसलाई पार्टटाइम मात्रै नभएर फुुलटाइमको रुपमा पनि सुुरु गर्न सकिन्छ । यदि तपाई पनि युट्यूबर बनेर पैसा कमाउन चाहनुु हुुन्छ भने आफ्नो युट्यूब च्यानल खोलेर यो सपना पूरा गर्न सक्नुुहुुन्छ । 

आउनुुहोस् जानौ तपाइको यो सपना कसरी पूरा गर्न सकिन्छ र युट्यूब भिडियो बनाउँदा तपाइले कुुन विषयमा ध्यान दिनुु पर्ने हुुन्छ ? 

युट्यूबबाट कमाई गर्ने पहिलो प्रक्रिया हो, आफ्नो च्यानल सुुरु गर्नुु । यसका लागि आफ्नो जिमेल आइडिबाट युट्यूब च्यानल लगइन गर्नुुपर्दछ ।

सर्चबारको दायाँतर्फ तपाइको अकाउन्ट हुुने गर्दछ । त्यहाँ रहेको माई च्यानल अप्सनमा क्लिक गरेर त्यसलाई नामाकरण गर्न सक्नुुहुुन्छ । नामाकरण गर्दा यो युुनिक र अरुले पहिले नै प्रयोग नगरिरहेको हुुनुुपर्छ । यसका साथै तपाइसँग इन्टरनेट, क्यामकोर्डस्को अलावा एडिटिङको आधारभुुत ज्ञान र सबैभन्दा महत्वपूर्ण कुुरा आफ्नो प्रतिभा राम्रोसँग पहिचान गनुुपर्दछ । 

च्यानल खोल्नुुभन्दा अगाडि आफूले कस्तो खालको भिडियो अपलोड गर्ने हो, त्यो बारे राम्रोसँग अध्ययन गर्नुु पर्दछ । यो तय भएपछि मात्रै तपाइले आफ्नो च्यानल खोल्नु पर्दछ । यो च्यानल मेल आइडिको माध्यमबाट बन्ने गर्दछ । 

युट्यूबमा दिनहुँु लाखौं भिडियोहरु अपलोड भइरहेका हुुन्छन् त्यसैले तपाइले अपलोड गर्ने भिडियो युुनिक हुुनुु पर्दछ । युुनिक आइडिया र युुजर फ्रेन्डली कन्टेटका माध्यमबाट भिडियोको भ्यूज बढाउन सकिन्छ । यसका साथै भिडियोको गुुणस्तर पनि उच्चस्तरको हुुन आवश्यक हुुन्छ । कमजोर गुुणस्तरको भिडियोहरु मानिसहरुले कम मात्रामा हेर्ने गर्दछन् । 

च्यानल बनाइसकेपछि भिडियो अपलोड गर्न सुुरु गर्नुुपर्छ । यदि तपाई युट्यूबबाट कमाई गर्न चाहनुहुुन्छ भने सातामा एक वा दुुईवटा भिडियोहरु अपलोड गर्दै गर्नुुपर्दछ । धेरै भिडियो अपलोड गर्दा तपाइको च्यानलको टोटल भ्युुज निरन्तर बढिरहने गर्दछ । भिडियो अपलोड गर्दाखेरी कपी राइट्स र मिडिया कानुुनलाई ध्यान दिनुुपर्ने हुुन्छ । 

च्यानलमा भिडियो अपलोड गर्दा डिसक्रिप्सन लेख्न छुुटाउनुु हँुुदैन । यसका साथै ट्यागिङ पनि गर्नुुपर्दछ र ट्यागिङ गर्दा यस्तो कि वर्ड राख्नुु पर्दछ, जसले तपाइको भिडियो सर्च गर्दा तुुरुन्तै देखियोस् । भ्युुज् बढाउने यो महत्वपूर्ण तरिका हो । 

अपलोड गर्दा धेरैभन्दा धेरै ट्याग राख्नुु पर्दछ र त्यो शिर्षकसँग सम्बन्धित कि वर्ड प्रयोग गर्नुुपर्दछ । तपाइले युट्यूब च्यानल पेजको डिजाइनिङलाई पनि ध्यान राख्नुुपर्दछ । किनकि यसले तपाइको सिर्जनशिलतालाई देखाउने काम गर्दछ । 

युट्यूबमा कयौ लेआउट र डिजाइन टेम्प्लेट्स पनि हुुने गर्दछ । त्यसैले त्यसको सहाराले युुजर फ्रेन्डली च्यानल लेआउट तयार गर्नुुपर्दछ । भिडियो अपलोड गर्दैमा कमाई हुुन्छ भन्ने सोच राख्नुु गलत हो । युट्यूबबाट कमाई त्यति बेला मात्रै आर्जन गर्न सकिन्छ जब तपाइले युट्यूबको मोनिटाइजेसन प्रोगामका लागि अप्लाई गर्नुुुहुुन्छ । 

यो अप्लाई गर्नका लागि तपाइले बायाँतर्फ रहेको च्यानल सेक्सनमा जानुुपर्दछ । त्यहाँ तपाइले मोनिटाइजेसन प्रोग्राम अप्सन देख्न सक्नुुहुुन्छ । अहिले युुटुुबले मोनिटाइजेसन प्रोगामका नियमहरु परिवर्तन गरेको छ । यहाँ क्लिक गरेपछि तपाइले आफ्नो इमेल आइडि दिनुुपर्ने हुुन्छ । यसको दुुई दिनभित्र तपाइलाई अप्रुुभल प्रदान गरिन्छ । 

केही वर्षअघि नै युट्यूबले आफ्नो पोलिसीमा बदलाव गरेको थियो । पहिले युट्यूबबाट कमाई गर्नका लागि न्युुनतम १० हजार भ्युुज आवश्यक पर्दथ्यो तर नयाँ नियम अनुुसार पछिल्लो १२ महिनामा कम्तीमा पनि ४ हजार घण्टासम्म भिडियो प्ले भएको हुुनु पर्दछ । यसको अलावा यो अवधिमा तपाइको च्यानलमा कम्तीमा पनि १ हजार सब्सक्राइबर हुुनुुपर्दछ । यि दुुवै मापदण्ड पूरा गरेपछि मात्रै तपाइले युुटुुबबाट आम्दानी गर्न सक्नुुहुुन्छ । 

मोनिटाइजेसनका लागि अप्रुुभल प्राप्त भएपछि तपाइले प्रत्येक भिडियोमा मोनिटाइजेसन ट्याबलाई इनेबल गर्नुु पर्दछ । एडिट भिडियो अप्सनमा मोनिटाइजेसन ट्याबमा गएर यसलाई इनेबल गर्नुुपर्दछ । मोनिटाइजेसन ट्याब इनेबल भएपछि मात्रै तपाइले भिडियोबाट आर्जन गर्न सक्नुुहुुन्छ । 

युट्यूबबाट जति पनि आम्दानी हुुन्छ त्यसको ४५ प्रतिशत हिस्सा युट्यूबकोमा जाने गर्दछ र बाँकी रहेको ५५ प्रतिशत हिस्सा तपाइले पाउनुुहुुन्छ । यो कमाई तपाइको च्यानलमा आइरहेको विज्ञापनका माध्यमबाट आउने गर्दछ । 

तपाइको च्यानलमा विज्ञापन तबबाट आउन सुुरु गर्छ जब तपाइको भ्युुअशिप बढ्ने गर्दछ । अप्रूभल प्राप्त भइसकेपछि गुुगल एडसेन्सको वेबसाइटमा जानुु पर्दछ । यहाँ आफ्नो इमेल आइडिबाट लगइन गरेर आफ्नो बैंक विवरण, ठेगाना र अन्य जानकारीहरु अपडेट गर्नुुपर्दछ । युट्यूबले तपाइलाई पहिलो भुुक्तानी तब मात्रै प्रदान गर्ने गर्दछ, जब तपाइले आफ्नो भिडियो मार्फत १०० डलर कमाउनुुहुुन्छ । तपाइको खातामा १०० डलर हुुने बित्तिकै गुुगलले नेपाली मुुद्रामा तपाइलाई पैसा पठाउने गर्दछ । तथापि यसभन्दा अघि गुुगलले एउटा पिन तपाइको ठेगानामा पठाउने गर्दछ । यसलाई भेरिफाई गरेपछि मात्रै गुुगलले भुुक्तानी जारी गर्ने गर्दछ । 

युट्यूबमा केवल विज्ञापनबाट मात्रै कमाई हुुने गर्दैन । यसको अलावा अर्काे एउटा तरिका पनि छ युट्यूबबाट कमाइ गर्ने । यदि तपाइको च्यानलको भ्युअर्ससिप राम्रो छ र तपाइको च्यानलको सब्क्राइबर पनि धेरै छ भने तपाई कुुनै पनि कम्पनी र व्यक्तिको मार्केटिङ गरेर कमाई गर्न सक्नुुहुुन्छ । यसको लागि तपाइले कुुनै पनि प्रोडक्ट या सर्भिसको डिस्क्रीप्सन बक्समा आफ्नो च्यानलमा एउटा भिडियोको लिंक पेस्ट गर्न सक्नुुहुुन्छ । यो भिडियोमा प्रोडक्ट र सर्भिससँग सम्बन्धित जानकारीहरु रहेको हुुन्छ । यदि कुुनै भिजिटर्स त्यो लिंकका माध्यमबाट तपाइको च्यानलमा पुुग्दछ भने तपाइले त्यसबाट कमाउन सक्नुुहुुन्छ ।