काठमाडौँ । पछिल्लो समय भएको परिवर्तनलाई आत्मसात् गरी व्यवसाय गर्ने हो भने घरमा नै बसीबसी राम्रो आम्दानी गर्न सकिन्छ । थोरै स्थानमा गर्न सकिने यस्ता व्यवसायमा लगानी पनि निकै कम मात्र हुने गर्छ । लगानी नै कम हुने भएकाले जोखिम पनि निकै कम हुने यस्ता व्यवसायको फाइदा चाँहि तुलनात्मक रुपमा बढी हुने गर्दछ । घरमा नै शूरु गर्न सकिने यी पाँच व्यवसाय यस प्रकार छन् । 
 
१. च्याउ खेती 
यदि तपाईको घरमा एउटा कोठा खाली गर्न सक्नुहुन्छ भने तपाईले च्याउ खेती घरमा नै शूरु गर्न सक्नुहुन्छ । तर यस्तो कोठामा सूर्यको किरण कम आउने व्यवस्थाका साथै आफू बस्ने कोठादेखि केही टाढा पनि हुन जरुरी छ । पछिल्लो समय शहरी क्षेत्रका युवा पुस्ता च्याउखेती तर्फ आकर्षित हुन थालका छन् । २ देखि ३ महिनाको अवधिमा च्याउखेतीबाट पैसा कमाउन सकिन्छ । समय, स्थान र मेहनत कम लाग्ने च्याउबाट सजिलै आम्दानी गर्न सकिन्छ । 
 
२. डे केयर सेन्टर 
शहरी क्षेत्रमा युवा पुस्ताको जनसंख्या अधिक हुने गर्छ । उनीहरु काममा जाने प्रवृत्ति पनि हुन्छ । तसर्थ शहरका युवाले आफ्ना बालबच्चालाई स्याहार गर्नका लागि पर्याप्त समय छुट्याउन सक्दैनन् । तसर्थ उनीहरुका बालबच्चाको स्याहार सुसार गर्ने व्यवसाय गर्ने हो भने लगानी कम हुनका साथै आम्दानी पनि राम्रै गर्न सकिन्छ । डे केयर सेन्टरमा प्रति बालबालिका २ हजार देखि २५ सय सम्म रुपैयाँ खर्च गर्न जुनसुकै अभिभावक पनि तयार हुन्छन् । 
 
३. जीमखाना
शहरीया मानिसको जीवनशैली ग्रामीण क्षेत्रका मानिसको भन्दा फरक प्रकृतिको छ । शहरका कम मानिसले मात्र कठोर शारीरिक परिश्रम गर्छन् । तर शहरका मानिस जिमखाना जाने संस्कृति भने तीव्र रुपमा विकास हुन थालेको छ । जिमखाना स्थापनाका लागि ३ लाख रुपैयाँसम्म खर्च लाग्न सक्छ । यदि तपाईले आफ्नै घरको एक कोठामा उक्त लगानी गरी जिमखाना व्यवसाय शूरु गर्नुभयो भने तत्कालै प्रतिफल प्राप्त हुन थालिहाल्छ ।
 
४. ब्लग 
घरमै बसीबसी आम्दानी गर्ने अर्को सजिलो तरिका हो ब्लग लेख्ने काम । कुनै पनि विषयमा ब्लग लेख्न सक्ने मानिसका लागि पाठकको कमी छैन । ब्लग लेखेरै पनि धेरै मानिसले राम्रो आम्दानी गर्न सफल भएका छन् । ब्लग लेख्नका लागि अतिरिक्त कुनै पनि खर्च लाग्दैन । गुगल वा बर्डप्रेशमा गएर सीधै ब्लग लेख्न सकिन्छ । ब्लग पाठकको संख्या बढी भयो भने विज्ञापन पनि राख्न सकिन्छ । भारतमा धेरै ब्लगरले मासिक डेढलाख सम्म आम्दानी गर्ने गरेका छन् । 
 
५.सोखका काम गर्ने 
मासिनका विभिन्न प्रकारका सोख हुन्छन् । आफ्ना सोख पुरा गर्न मानिस धेरै रकम खर्च गर्न पनि पछि पर्दैन । पेन्टीङ गर्ने, गितार बजाउने जस्ता सीप सिकाउने र यस्ता विषय सिकाउने काम पनि घरमै बसीबसी गर्न सकिन्छ । सीप महत्वपूर्ण हुने यी व्यवसायमा ठूलो लगानी नगरी सजिलै आम्दानी गर्न सकिन्छ । यसका लागि प्रतिव्यक्ति मासिक १५ देखि माथि शूल्क लिन सकिन्छ ।