काठमाण्डौ । हामी अनलाइनको दुनियाँमा बाँचिरहेका छौँ । दैनिक कामकाजका लागि पनि हामी इन्टरनेटमा निर्भर हुने गरेका छौँ ।

इन्टरनेट कमाई गर्नका लागि एउटा ठूला र मजबुत माध्यम बनेको छ । अहिले लखौँ मानिस घर बसीबसी इन्टनेटका माध्यमबाट मासिक लाखौँ रुपैयाँ कमाइरहेका छन् ।

आज हामी तपाइँलाई इन्टरनेटका माध्यमबाट अनलाइन कमाई गर्न सकिने केही टिप्सहरु दिइरहेका छौँ । यी ५ काम जुन घरमै बसीबसी गर्न सकिन्छ र मासिक लाखौँ रुपैयाँ कमाउन सकिन्छ । 

१. मार्केट रिसर्च एनालिस्ट

मार्केट रिसर्च एनालिस्टको काम कारोबारी रुपमा वा अनलाइन कुनै कम्पनीसँग सम्झौता गरेर गर्न सकिन्छ । तपाइँको कम्पनीको वस्तु, गुणस्तर र मूल्यमा ग्राहकलाई जानकारी दिनुपर्ने हुन्छ । कम्पनीको प्रोजेक्टलाई लिएर तपाइँ आफैँ वा कामदारलाई पनि यो काम गराउन सक्नुहुन्छ । यसमा रिसर्च गर्नुपर्ने कम्पनीको डाटा र ग्राहकको प्रतिक्रिया दिनुपर्ने हुन्छ । सामानको गुणस्तरलाई लिएर अर्को वस्तुसँग तुलना गर्नेसम्मका कामलाई ध्यानमा राख्नुपर्छ । यसका लागि कुनै पनि कम्पनीले तपाइँलाई मासिक २०/३० हजार रुपैयाँसम्म भुक्तान गर्न सक्छ । यसरी मासिक ५–६ वटा कम्पनीको यस किसिमको काम गर्दा घरमै बसेर तपाइँले मासिक डेढ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

२. पर्सनल फाइनान्स एडभाइजर

यदि तपाइँसँग कम्प्युटर छ भने घरमै बसेर कम्पनीहरुका लागि प्रोजेक्टमा आधारित काम गर्न सक्नुहुन्छ । यसमा तपाइँले ग्राहक भेटाउने, घुमाउने र सभा सम्मेलनमा भाग लिनुपर्ने हुन्छ । साथै ग्राहकलाई फाइनान्सियल एडभाइज पनि दिनुपर्ने हुन्छ । यसमा पनि तपाइँले एउटा कामबाट मासिक ३० हजार रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

३. अनलाइन अकाउन्टेन्ट

हिजोआज केही कम्पनीहरुले संस्थागत रुपमा अकाउन्टेन्ट नराखेर बाहिरका मानिसलाई अकाउन्ट हेर्ने जिम्मा दिन्छन् । त्यसैले कुनै एउटा कम्पनीसँग सम्झौता गरेर तपाइँले त्यो कम्पनीको अकाउन्ट घरमै बसीबसी सम्हाल्न सक्नुहुन्छ । यसका लागि एउटा कम्पनीले तपाइँले मासिक २० हजार रुपैयाँसम्म उपलब्ध गराउन सक्छ । यसरी तपाइँको हातमा यदि ५ भन्दा बढी कम्पनी छ भने मासिक १ लाखभन्दा बढी कमाउन सक्नुहुन्छ । यसका लागि सम्बन्धित विषयमा तपाइँ आफू पनि योग्य हुन जरुरी हुन्छ ।

४. ग्राफिक डिजाइनर

आजकल थुप्रै मिडिया हाउस, फिल्म र एड एजेन्सीहरुले ग्राफिक डिजाइनरको राम्रो माग गरिरहेका छन् । यदि तपाइँसँग ग्राफिक डिजाइनको राम्रो ज्ञान छ भने घरमै बसीबसी त्यस्ता कम्पनीहरुका लागि काम गर्न सक्नुहुन्छ । यी कम्पनीले तपाइँबाट काम लिएरबापत मासिक २० हजार रुपैयाँसम्म भुक्तान गर्छन् । यदि तपाइँसँग १० भन्दा बढी कम्पनीले ग्राफिक डिजाइनका लागि काम दिइरहेका छन् भने मासिक २ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । 

५. एप्लिकेसन सफ्टवेयर डेभलपर

नयाँ-नयाँ फिचर्सका फोन, कम्प्युटर, ल्यापटप, ट्याबलगायत प्रविधियुक्त सामान दिनहुँ बजारमा आइरहन्छन् । यस्तो नयाँ एप र सफ्टवेयर डेभलपर्सको डिमान्ड बजारमा निकै छ । यदि तपाइँ यो काममा माहिर हुनुहुन्छ भने व्यावसायिक हिसाबले तपाइँले घरमै बसीबसी आफूले चाहेको रकम माग गरी नयाँ एप र सफ्टवेयर बनाएर उपलब्ध गराउन सक्नुहुन्छ । यो कामबाट तपाइँ मासिक २ लाख रुपैयाँभन्दा बढी कमाउन सक्नुहुन्छ । – एजेन्सी