काठमाण्डौ । निर्माणस्थलमै गएर निःशुल्क प्राविधिक परामर्श सेवा दिंदै आएको शिवम् सिमेन्टले यो सेवालाई आफ्नो उत्पादन प्रयोग गरिएका बाहेकका निर्माणमा समेत बिस्तार गरेको छ । 

गुणस्तरमा सम्झौता नगरौं तथा मजबुत निर्माणप्रति हाम्रो प्रतिबद्धता लगायतको नारासहित संचालित प्राविधिक परामर्श तथा परीक्षण सेवा यसअघि शिवम सिमेन्ट प्रयोग गरिएका निर्माणस्थलहरुमा रहेकोमा त्यसलाई बिस्तार गरी अन्य सिमेन्ट तथा निर्माण सामाग्री प्रयोग गरिएका ठाउँमा समेत लागू गरिएको शिवम सिमेन्टले एक विज्ञप्ति प्रकाशित गरी जनाएको छ । यस्तो सेवा घर तथा अन्य भवन निर्माणकर्ताहरुका लागि निर्माणस्थलमै पुुगेर शिवम सिमेन्टदारा खटाइएका विशेषज्ञ प्राविधिक टोलीले उपलब्ध गराउने बताइएको छ । 

'यस सेवा अन्तर्गत निर्माणकर्ताहरुले शिवम् सिमेन्टका अनुभवी र दक्ष प्राविधिक टोली मार्फत सिमेन्टको Compressive Strength को परीक्षण गर्ने, निर्माण कार्य बारे प्राविधिक जानकारी प्राप्त गर्ने, निर्माण सामाग्रीहरुको मिश्रण तथा कार्यक्षमताका विषयमा जानकारी लिने, वाल र प्लास्टर लगाउने सहि तरिका बारे जानकारी प्राप्त गर्न सक्छन् ।' विज्ञप्तिमा भनिएको छ-'यस्ता टोलीबाट आवश्यकता अनुरुप अन्य थप प्राविधिक ज्ञान लगायतका विभिन्न सहयोग लिनका लागि आफ्नो निर्माणस्थलमै विज्ञ प्राविधिक टोलीलाई बोलाई विज्ञ सेवा लिन र समयमै गुणस्तरीय तथा मजबुत निर्माण सुनिश्चित गर्न सकिनेछ ।'

घर–भवन निर्माणको क्षेत्रमा शिवम् समेन्टको तर्पmबाट शुरु गरिएको यस प्रकारको “निर्माण विज्ञ परामर्श” सेवाबाट धेरै भन्दा धेरै निर्माणकर्ताहरुले घर, भवन, संरचनाको निर्माणमा बिनाखर्च निःशुल्क प्राविधिक सेवा प्राप्त गरी गुणस्तरीय निर्माणको लाभ लिनसक्ने कम्पनीको दाबी छ । यो सेवा टोल फ्रि नं. १६६००१२३३२१(नेपाल टेलिकम) वा ९८०१५७५५७५ (एनसेल) मा कल गरी प्राप्त गर्न सकिनेछ ।

आफूलाई नेपालकैं नं. १ ओपिसि सिमेन्टको रुपमा दाबी गर्ने शिवम् सिमेन्ट नेपाल गुणस्तर चिन्ह का साथै ISO 9001, ISO 14001, OHCAS 18001, ISI, र URS   प्रमाणित कम्पनी हो ।