काठमाण्डौ । कुनै पार्कमा घुमफिर गरेरै तपाई करोडपति बन्न सक्नुुहुन्छ । सायद हाम्रो कुरा सुनेर छक्क पर्नु हुँदै होला, हैन ? आफूलाई सम्हाल्नुुहोस्, यो सही खबर हो । अमेरिकामा यस्तो एउटा पार्क छ, जहाँ घुमघाम गर्दागर्दै तपाई फ्याट्ट करोडपति बन्नसक्नुुहुन्छ । कारण, यो पार्कमा घुम्ने जोकसैलाई कुनै पनि बेला बहुमूल्य हिरा प्राप्त हुनसक्छ । अहिलेसम्म यो ठाउँमा घुम्न जाने हजारौं मानिसले पार्कमा हिरा भेटिसकेका छन् र सामान्य घुुमुवा समेत क्षणभरमै करोडपति बनेका कैयन उदाहरणहरु रहेका एजेन्सीहरुले जनाएका छन् । 

आधाघण्टामा करोडपति भए बालक
टेलिग्राफ यूकेमा छापिएको एक रिपोर्टका अनुसार यो वर्षको मार्चमा एक १४ वर्षीय बालक कालेल लैंगफोर्डले ७.४४ क्यारेटको हिरा यो पार्कमा घुम्ने क्रममा फेला पारेका थिए । यति महंगो हिरा पाउनका लागि कालेलले मात्र आधा घण्टा मेहेनत गर्नुपरेको थियो । 

यहाँको नियम समेत निकै सहज छ । यो पार्कमा जसले हिरा भेटाउँछ, सो हिरा उसैको हुन्छ । हिरा भेटाउनले कुनै पनि प्रकारको कर समेत तिर्नुपर्दैन । 

यहाँ पाइन्छ हिरा


अमेरिकाको अराकान्स राज्यमा हिराको खानी रहेको छ, यहाँ हरेक व्यक्तिलाई जाने अनुमति हुन्छ । झट्ट हेर्दा अराकन्स नेशनल पार्कमा रहेको यो हिरा खानी कुनै खेत जस्तै देखिन्छ । ३७.५ एकड क्षेत्रफलमा फैलिएको यो खानीको नजिक जानुभयो भने यहाँ करोडको हिरा सहजै पाउन सकिन्छ । 

हालसम्म ७५ हजार हिरा भेटिएको
सन् २०१७ मा अहिलेसम्म कार्टर अफ डायमण्ड्स स्टेट पार्कमा ९७ वटा हिरा फेला परिसकेको छ, जसको कुल वजन २६.८४ क्यारेट रहेको छ । अमेरिकाको यो इलाकामा हालसम्म ७५ हजार हिरा फेला परिसकेको मिडिया रिपोर्टमा उल्लेख छ । 

पहिलोपटक १९०६ मा भेटिएको थियो हिरा
पहिलोपटक सन् १९०६ मा यो क्षेत्रमा हिरा भेट्याइएको थियो । १९०६ मा जोन हडलेस्टोन नामका व्यक्तिले यही ठाउँमा दुुई चम्किला क्रिस्टल फेला पारेका थिए । जब ती क्रिस्टलको जाँच गरियो, तब मात्र पत्ता लाग्यो कि ती दुवै टुक्रा बहुमूल्य हिरा थिए । त्यसपछि नै यो ठाउँको नाम द क्रेटर अफ डायमण्ड राखिएको थियो ।