काठमाण्डौ । जापानको कार निर्माता कम्पनी निसान मोटर्सका चेयरमेन कार्लोस घोसन पक्राउ परेका छन् । 

जापानको समाचारपत्र योमीउरोले आफ्नो वेबसाइटमा यो बिषयमा समाचार प्रकाशन गरेको छ । 

यसअघि निशान मोटर्सले आजै भनेको थियो कि चेयरमेन घोसनले कम्पनीको पैसाको प्रयोग निजी कामका लागि गरेका थिए । कम्पनीले थप भनेको छ कि उसले चेयरमेन घोसन र एक डाइरेक्टर ग्रेग केलीविरुद्ध गत केही महिनादेखि लगातार छानबिन गरिरहेको थियो । 

समाचारमा जनाइएअनुसार घोसनलाई टोकियोका जाँच अधिकारीहरुले गिरफ्तार गरेका हुन् ।

अहिले उनको गिरफ्तारी आफ्नो तलब सम्बन्धी सूचना लुकाएको बिषयमा भएको हो । 

जापानकै अर्को अखबार असीहीका अनुसार सोमबारदेखि जाँच अधिकारीले निशानको  मुख्यालय तथा अन्य  स्थानहरुमा खोजतलास सुरु गरेको छ । तथापि, जाँच अधिकारीहरुले तत्काल यो बिषयमा विस्तृत विवरण दिन अस्वीकार गरेका छन् । 

रोयटर्सको एक रिपोर्टअनुसार घोसन तथा केलीविरुद्ध गरिएको जाँचमा यो पाइएको छ कि यी दुवै अधिकारी विगत कैयौ सालदेखि वित्तीय अनियमिततामा लिप्त थिए । 

यो प्रकरण बाहिर आएसँगै निशानका सीइओ हिरोतो साइकावाले कम्पनीको संचालक समितिमा घोसनलाई हटाउने प्रस्ताव लैजानसक्ने विश्वास गरिएको छ । 

स्मरणरहोस्, घोसन फ्रान्सको कार निर्माता कम्पनी रेनोको समेत चेयरमेन र टप एक्जुकेटिभ हुन् ।