काठमाण्डौ । ङादी ग्रुप पावर लिमीटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभा आगामी असोज ५ गते आह्वान गरेको छ । 

शुक्रबार एक सूचनामार्फत कम्पनीले साधारणसभाको मिति तय गरेको हो । 

यसअघि साउन ३१ गते बसेको संचालक समितिले भदौ २७ गते वार्षिक साधारणसभा आह्वान गरेको थियो । तर, विशेष कारण देखाउँदै सो साधारणसभाको मिति परिवर्तनको निर्णय गरिएको हो । 

साधारणसभामा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने तथा सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत लगिने कम्पनीले जनाएको छ । 

साधारणसभाले कम्पनीका डाइरेक्टरहरुको चयन समेत गर्ने बताइएको छ ।