काठमाण्डौ । चीनका वैज्ञानिकहरु चन्द्रमामा पुगेर आलुको खेती गर्ने तयारी थालेका छन् । चन्द्रमा सम्बन्धी आगामी मिसनमा उनीहरुले त्यहाँ पुगेर वृहत रुपमा आलुको खेती गर्ने सोंच बनाएका चिनिया न्यूज वेबसाइट चुङचिङ मर्निङ पोस्टले रिपोर्ट छापेको छ ।

रिपोर्टका अनुसार चीन आगामी वर्ष एक अर्को चन्द्र मिसन ल्याउँदैछ, जसको नाम हुनेछ–‘चेङ ई–४’ । यो मिसनको क्रममा मिनी इकोसिस्टम प्रविधिको मद्धतबाट वैज्ञानिकहरुले चन्द्रामा आलुको खेती लगाउने कोशिश गर्नेछन् ।

यो बिषयमा कुरा गर्दै चोङकिङ युनिभरसिटीका प्रोफेसर झि गेङग्जिनले भनेका छन् कि यसका लागि चिनिया वैज्ञानिकहरुले चन्द्रमामा प्रयोगको एक श्रृंखला सुरु गर्नेछन् । यसका लागि रेशमकिट लार्भालाई चन्द्रमामा छाडिनेछ । साथै, यसलाई निगरानी गर्नका लागि एक सामान्य खालको सानो उपग्रह समेत चन्द्रमाको सतहमा छाडिनेछ ।

चिनिया रेडियो इन्टरनेशनलका अनुसार यो प्रयोगबाट आउने नतिजाका आधारमा चन्द्रमामा मानिस बस्न कति संभव छ भन्ने बिषयमा समेत महत्वपूर्ण जानकारी हात पर्ने अपेक्षा गरिएको छ ।

त्यसो त सन् २०१५ मा रिलिज भएको  एण्डी विएरको किताबमा आधारित साइन्स फिक्सन फिल्म ‘द मार्टियन’मा आलुको अहम् भूमिका देखाइएको थियो । फिल्ममा मंगलग्रहमा फसेका एक अन्तरिक्ष यात्रीले जिवित रहनका लागि आलुको खेतीको साहारा लिएका देखाइएको छ ।