काठमाण्डौ । नेपालको लागि हीरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालिले नेपालीहरुको महान चाड बडादशैं र तिहारको उपलक्ष्यमा “दशैंंको पर्व हीरोत्सवको हर्ष” भन्ने नयाँ योजना ल्याएको छ । 

यस योजना अन्र्तगत हीरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु ५ हजार पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् ।