काठमाण्डौ । प्रभू बैंक लिमीटेडले साउन ५ गतेदेखि ललितपुर जिल्लाको चापागाउँमा शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडानम्बर १० मा अवस्थित चापागाउँमा बैंकले आफ्नो १८८ औं शाखा कार्यालय स्थापना गरी संचालनमा ल्याएको हो । 

एक समारोहका बीच सो शाखा कार्यालयको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरे । 

सो अवसरमा मेयर महर्जनले प्रभू बैंकले आफ्नो व्यवसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँमा आफ्नो शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिंग सेवा बिस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । 

चापागाउँ शाखा उद्घाटन समारोहमा स्थानीय व्यापारी व्यवसायी, बुद्धिजीवी तथा सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो ।