काठमाण्डौ । हुवावेको नोभा 2i ले नोभेम्बर महिनामा लञ्च भएदेखि नै धेरैको ध्यानाकर्षण गर्न सफल भएको थियो । कम्पनीका अनुसार यो कम्पनीको सो मोडल नोभेम्बर २०१७ देखि ४ महिनाको अन्तरलामा ५० हजार युनिट बिक्री भइसकेको छ ।

नोभा 2i आफ्नो विधाको सबैभन्दा रुचाइएको स्मार्टफोन बन्न सफल भएको कम्पनीले दाबी गरेको छ । काठमाडौंका विभिन्न बजारका ग्राहकरुको प्रतिक्रिया अनुसार नोभा टूआई आफ्नो फोटोग्राफी र शानदार फुलभ्यु डिस्प्लेका कारण अधिक रुचाइएको स्मार्टफोन बनेको छ ।

नेपाली बजारले यो मोडलको दुवैतर्फ भएको डुअल क्यामराहरुलाई निकै मन पराएका छन् । ब्लर ब्याकग्राउण्डका साथ यसले  द्ययपभज इफेक्ट दिन्छ र उत्कृष्ट सेल्फीका लागि यसमा स्मार्ट सेल्फी टोनिङ प्mल्यास पनि राखिएको छ ।

यो मोडल त्यस्तो स्मार्टफोन हो, जसमा ४ वटा क्यामराको साथ स्लीम बेजल डिस्प्ले छ । २ वटा  अगाडिको र पछाडिको क्यामराहरु भएको नोभा टूआईले मिड–रेन्ज विधामा आफ्ना सबै समकालीन प्रतिस्पर्धीहरुलाई पछाडि पारिसकेको कम्पनीको दाबी छ ।

यो फोनमा ५.९ इञ्चको फुल एचडी प्लस डिस्प्ले छ, जुन बजारमा उपलब्ध कुनै पनि मिड–रेन्जको फोनहरुमा पाइदैन । यो फोनको मेटल फिनिस बडीले यसलाई प्रिमियम लुक दिन्छ र यसको १८ः९ आस्पेक्ट रेसियो डिस्प्लेले यसलाई हाईएन्डको स्मार्टफोन जस्तै देखिन मद्दत गर्छ । यो फोन हेर्दा आकर्षक हुनुको साथै यो G4GB ROM का साथ 4GB RAM, फिङ्गर सेन्सर, एण्ड्रोईड 7.0  अपरेटिङ् सिस्टम, हाईब्रीड सीमजस्ता विशेषताहरुले भरिपूर्ण छ ।

यसमा पछि फोकस गर्न मिल्ने फिचर, वाइड एपेचर मोड, अटो र म्यानुयल फोकस फिचर जस्ता डिएसएलआर  क्यामरामा हुने अत्याधुनिक क्यामरा सेटिङहरु छन् ।