काठमाण्डौ । असार १६ गते कतारबाट नेपाल फर्किएका एक पुरुषको गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । 

गोरखाको पालुङटार ७ का ४४ वर्षीया कोरोना संक्रमित पुरुषको उपचारको क्रममा शनिवार मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । 

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या ३३ पुगेको छ । 

कतारबाट स्वदेश फर्किएपछि ती पुरुषलाई पालुङटारस्थित जीवनज्योति माविको क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ बस्ने क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

शुक्रबारदेखि नै उनको स्वास्थ्य अवस्था थप खराब भएपछि आइसोलेसनमा राखेर उपचार थालिएको थियो । मधुमेहका दीर्घरोगी समेत रहेका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको हो ।