काठमाण्डौ । जीवन रक्षामा साझेदारी कार्यक्रम अन्तर्गत राउण्ड टेबल नेपालले राउण्ड नेपाल ईन्टरनेशनल फाउण्डेशन दिवसको उपलक्ष्यमा १४, १५, १६ र १७ मार्च( फागुन ३०,चैत १, २ र ३ ) गते आयोजना गरेको रक्तदान कार्यक्रमबाट १०५४ पिन्ट रगत सङ्कलन गरेको छ। 

रक्तदान कार्यक्रम नेपालका ८ ठूला सहरहरुमा आयोजना गरिएको थियो, जसमा काठमाण्डौ, विराटनगर, वीरगञ्ज , धरान, विर्तामोड, भैरहवा, नारायणघाट र सोनापुर थिए ।

आम जनतामा रक्तदान प्रति चेतनावृद्धि  गर्नुका साथै एक पिन्ट रक्तदानद्धारा अरुका जीवन रक्षामा संलग्न हुन पाउँछ र ज्यान जोगिन्छ लाखौंमा मुस्कान ल्याउँछ भन्ने नाराका साथ उक्त रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सङ्कलित रगत विभिन्न रेडक्रस क्लबहरुलाई उपलब्ध गराइयो ।

राउण्ड टेबलको स्थापना संयुक्त अधिराज्यको नर्विचमा १४ मार्च १९२७ मा भएको थियो । अहिले यसका ३४००० सदस्य छन् जुन ७५ मुलुकमा छरिएर रहेका छन् । 

राउण्ड टेबल नेपाल गैर–राजनितिक सामाजिक विकासमा सक्रिय संस्था हो  । यसले आफ्नो स्थापनाकाल देखि विभिन्न सामाजिक सेवामा उल्लेखनिय योगदान पुर्याउँदै आएका छन् ।