काठमाण्डौ । जापानको प्राविधिक कम्पनी तोसिबाले यो वर्षको दोस्रो त्रैमासमा घाटा व्यहोरेको छ।

कम्पनीको वित्तीय विवरणमा देखिएको यो घाटा बितेको चार वर्षको अवधिको पहिलो त्रैमासिक घाटा हो। कोरोना महामारीका कारण कम्पनीको विद्युतीय उपकरणहरु र चीप बनाउने सामग्रीको मागमा कमी आएपछि कम्पनी चार वर्षको अवधिमा पहिलो त्रैमासिक घाटा व्यहोर्नुपरेको हो। 

यो दोस्रो त्रैमासमा कम्पनीले ११८ मिलियन अर्थात १२.६ बिलियन येन घाटा व्यहोरेको छ। कम्पनीले गत वर्ष सोही अवधिमा ७.८३ बिलियन येन मुनाफा आर्जन गरेको थियो। 

कम्पनीको दोस्रो त्रैमासको घाटा रिफनटिभले अनुमान गरेको ३.४३ बिलियन डलरभन्दा निकै धेरै हो। तर तोसिबा आफैँले जुन महिना गरेको प्रक्षेपणमा अप्रिलदेखि सेप्टेम्बर महिनासम्म १० देखि २० बिलियन येन घाटा हुन सक्ने अनुमान लगाएको थियो। पछिल्लोपटक तोसिबाले सन् २०१६ को अक्टोबरदेखि डिसेम्बरको त्रैमासमा घाटा व्यहोरेको थियो। 

यद्यपि कम्पनीले यो समग्र वर्षमा भने ११० बिलियन येन नाफा आर्जन गर्ने अनुमान लगाएको छ। जुन गत वर्षको तुलनामा १५.७ प्रतिशतले कम हुनेछ।