काठमाण्डौ । धितोपत्र बोर्डले चार बैंक तथा बित्तीय संस्थाहरुलाई २ अर्ब ६५ करोड मूल्यको हकप्रद निश्कासनको स्वीकृति दिएको छ । 

बोर्डले माछापुच्छे बैंक, सिद्धार्थ बैंक, अल्पाइन डेभलपमेन्ट बैंक र कञ्चन डेभलपमेन्ट बैंकलाई हकप्रद निश्कासनको स्वीकृति दिएको हो । 

माछापुच्छेले १०० बराबर १२, सिद्धार्थ बैंकले १० बराबर ३, अल्पाइन बैंकले ३ बराबर २.०८ र कञ्चन डेभलपमेन्ट बैंकले ४ बराबर १ को अनुपातमा हकप्रद निश्कासनको अनुमति पाएका हुन् ।

सबै बैंकको गरी बोर्डले एकसय रुपैयाँ अंकित दरका कुल २ करोड ६५ लाख कित्ता हकप्रद निश्कासनको स्वीकृति दिएको हो । 

माछापुच्छे बैंक र अल्पाइन डेभलपमेन्ट बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । यस्तै, सिद्धार्थ बैंकका लागि लक्ष्मी क्यापिटल, कञ्चन डेभलपमेन्ट बैंकका लागि ग्लोबल आइएमई क्यापिटल लिमीटेड बिक्री प्रबन्धक तोकिएका छन् । 

नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाहरुको चुक्तापूँजी वृद्धिको समयसीमा आउन डेढ महिनाको हाराहारीमा समय बाँकी भएका कारण हकप्रद स्वीकृतिको गति समेत बढेको देखिन्छ ।