काठमाण्डौ। पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको शनिबार आयोजित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिले २४ घन्टाको अवधिमा कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४, सिरहा ११ र सप्तरीका ९ जनामा कोरोना संक्रमण देखिएको  प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। त्यस्तै धनुषाका ७, रौतहटका ६, दाङका ५, महोत्तरीका ४, पर्सा र संखुवासभाका २÷२ जनामा तथा झापा, ललिपुर र ललितपुरका एकएकजनामा कोरोना पोजेटिभ देखिएको हो। यीमध्ये ४ महिला छन् भने बाँकी पुरुष छन्।

पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका छन्। बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन्। यीसँगै संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन्।
हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक गरी ६ जनाको मृत्यु भएको छ।

क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन्। आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ।

शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन्। पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ २९ परीक्षणहरु गरिएका छन्।