काठमाण्डौ । यति एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायीत्व अन्तरगत ४ संस्थालाई ४ लाख ७  हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एक समारोहका बीच एयरलाइन्सले ह्याबिट्याट फर ह्युमानिटी, मार्फा फाउण्डेशन, ब्लिङ्कनाउ फाउन्डेसन र वल्र्डभिजन इन्टरनेशनललाई ४ लाख ७ हजार १६ रुपैयाँको दरले आर्थिक सहायताको चेक हस्तान्तरण गरेको हो ।

यी चार संस्थाहरुलाई सहयोगबापत् कूल १६ लाख २८ हजार ६४ रुपैयाँ सहयोग रकम प्रदान गरिएको एयरलाइन्सले जनाएको छ ।

यति एयरलाइन्सले प्रत्येक यात्रुको टिकटमा लिने गरेको ४ रुपैयाँ दरको रकमबाट जम्मा भएको कोषबाट सहयोग रकम हस्तान्तरण गरिएको प्रष्ट्याएको छ ।

हालसम्म यो एयरलाइन्सले सामाजिक उत्तरदायीत्व अन्तरगत विभिन्न सामाजिक संघसंस्थाहरुलाई १ करोड ६९ लाख ३७ हजार ९ सय ८४ रुपैयाँ रकम वितरण गरिसकेको बताइएको छ ।

यति एयरलाइन्सले उडान गर्ने यात्रुहरुमध्ये अपाङ्गता भएकाहरुलाई (५०%), ज्येष्ठ नागरिकलाई (२५%), बालबालिकालाई ¬(३३.३३%) र शिशुलाई (९०%) छुट प्रदान गर्दै आएको छ । यो सामाजिक छुट जेटस्ट्रिम–४१ ले उडान भर्ने क्षेत्रहरु जस्तैः भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, भरतपुर, पोखरा, भैरहवा र नेपालगञ्जका लागि काठमाडौंदेखि र काठमाडौंसम्ममा प्रदान गरिंदै आएको एयरलाइन्सले जनाएको छ ।