काठमाण्डौ । देशका चार महानगरको ताजा मत परिणाम प्राप्त भएको छ । जस अनुसार तीनवटामा एमाले अगाडि छ भने एउटा महानगरमा कांग्रेसको अग्रता छ । 

काठमाण्डौमा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले १९४६ मत प्राप्त गरेका छन् । कांग्रेसका राजुराज जोशीले ११०३ मतसहित उनलाई पछ्याइरहेका छन् । तेश्रोमा विवेकशीलकी रञ्जु दर्शनाले ८७७ मत पाएकी छिन् ।

उता, ललितपुरमा चाहि कांग्रेसले अग्रता लिएको छ । कांग्रेस उम्मेद्वार चिरिबाबुु महर्जन ९४३२ मतसहित अगाडि छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ९२७८ मतसहित पछ्याइरहेका छन् । 

यस्ते, प्रचण्डपुत्री रेणु दाहाल भरतपुर महानगरपालिकाको मेयर पदमा एमाले उम्मेद्वार देवी ज्ञवाली भन्दा करिब १९ सय मतले पछाडि परेकी छिन् । 

पछिल्लो मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४८०७ मत प्राप्त गरेका छन् भने रेणुु दाहालले २९५६ मत प्राप्त गरेकी छिन् । 

उता, पोखरा लेखनाथ महानगरको मेयर पदमा एमाले उम्मेद्वार मानबहादुर जिसी ६६५३ मतसहित अगाडि छन् । उनलाई कांग्रेसका रामजी कुँवरले ६५३१ मतले पछ्याइरहेका छन् ।