काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा चैत ४ गते काठमाण्डौ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ । 

एक समारोहका बीच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कँडेलले दीप प्रज्वलन गरी सो शाखाको औपचारिक उद्घाटन गरेका हुन् । 

सो अवसरमा बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालकद्वय राजेशकुमार रौनियार तथा  रुपेन्द्र पौडेलको पनि उपस्थिति थियो ।

कार्यक्रमका अतिथिहरुमा विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा अन्य स्थानीयबासी रहेका थिए । 

शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पुर्याउने कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे ।