काठमाण्डौ । कोकाकोला कम्पनीले अन्तर्राष्ट्रिय बजारमा पहिलोपटक ओेरेञ्ज भेनिल्ला फ्लेभरमा पेय पदार्थ ल्याएको छ । 

अन्तराष्ट्रिय बजारमा नयाँ फ्लेभरको पेय पदार्थ फेब्रुअरीको अन्तसम्ममा एशियाली बजारहरुमा समेत आइपुग्ने समाचारमा जनाइएको छ । 

कोक पिउँदा विभिन्न भेराइटी चाहने ग्राहकका लागि यो उत्पादन तिर्खा मेट्ने राम्रो पेय पदार्थ बन्नसक्ने कम्पनीको दाबी छ ।

यो वेभरेज कम्पनीले निकट भविष्यमै चेरी कोक, चेरी कोक जीरो, भेनिल्ला कोक, भेनिल्ला कोक जीरोलाई पनि बजारमा ल्याउने बताएको छ । यो कम्पनीले गत वर्ष लञ्च गरेको कोका कोला जीरो लेभल ग्राहकप्रिय बनेको थियो । 

कोकले कतिपय एशियन मुलुकका मुख्य बजारहरुमा स्टबेरी, लेमन र जिञ्जरको स्वादमा समेत पेय पदार्थ ल्याइसकेको छ । ती क्षेत्रमा यी फ्लेभरका कोक लोकप्रिय बनेका कम्पनीको ठहर छ । 

कोकाकोलाको फ्लेभरमा मिसाएर तयार गरिएका यस्ता पेय पदार्थलाई ग्राहकहरुले निकै नवीन र स्वादिलो भनेका छन् । 

कोकाकोला कम्पनीले डाइट कोकमा निकै धेरै फ्लेभरहरुमा परीक्षणको काम पनि गरिरहेको सिएनएन मनिले जनाएको छ । 

कम्पनीले सन् २००२ मा पनि भेनिल्ला फ्लेभरको कोक ल्याएको थियो । निकै लामो समयपछि यसलाई थप परिमार्जन गरी बजारमा ल्याइएको हो ।