काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेडले थप एक नयाँ शाखाबाट कारोवार सुरु गरेको छ । 

चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ५ स्थित भण्डारा शाखाबाट कारोवार सुरु गरिएको हो ।

पूर्व पश्चिम राजमार्गमा रहेका स्थानीय उद्यमी, व्यापारी तथा राप्ति नगरपालिकाका जनताहरुले यस शाखाबाट अन्य शाखामा झै आधुनिक बैंकिङ्ग सुविधा तथा रेमिट्यान्सको सुविधा लिनसक्ने छन् । बैंकले पूर्व पश्चिम राजमार्ग भएर आहोर दोहोर गर्ने ग्राहकहरुले यस शाखामार्फत थप सुविधालिन सक्ने अपेक्षा व्यक्त गरेको छ । 

यससँगै चितवन जिल्लामा मात्रै जनता बैंकको ८ वटा शाखा पुगेका छन् भने देशभरमा गरी शाखा सञ्जाल ११६ पुगेको छ। यससँगै बैंकले ४०शाखारहित बैंकिङ्ग, २ सीमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउण्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।