काठमाण्डौ । लुम्बिनी बिकास बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल बिस्तार गरी थप जनसंख्यामा बैंकिङ्ग सेवा पुर्याउने नीतिअनुरुप आइतबारदेखि चितवनको भरतपुर महानगरपालिका–२७, पर्साढापमा आफ्नो ५६ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
 
सो शाखाको उद्घाटन लुम्बिनी विकास बैंक लिमीटेडका संचालक समिति अध्यक्ष सुशीलराज पराजुलीले गरे ।
 
स–साना निक्षेप परिचालन तथा कृषि एवम् साना व्यवसायमा कर्जा लगानी गरी त्यस भेगका बासिन्दाहरुमा बैंकिङ्ग सेवाको पहुँच अभिबृद्धि गर्ने उद्धेश्यका साथ सो शाखा संचालनमा ल्याइएको बैंकले प्रष्ट्याएको छ । 
 
यो विकास बैंकले सो शाखा कार्यालयबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एबिबिएस, मोवाइल बैकिंग, रेमिटान्स र लकर लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ । 
 
बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाण्डौंमा रही देशका ५ प्रदेशका विभिन्न भागमा कुल ५६ वटा शाखा सञ्जालहरु र १२ वटा एटीएमबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । प्रदेश नं. ६ र ७ मा समेत शाखा सञ्जाल बिस्तार गर्ने योजना रहेको पनि बैंकले जनाएको छ ।