काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले फागुन ५ गते आइतबार चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगर शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिलाचन्द सिंहले गरेका हुन् ।

साथै, विकास बैंकले आइतबार नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर सँगसँगै नुवाकोटको बट्टार, लमजुङको बेसीशहर, बाँकेको चप्परगढी र सुर्खेतको वीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । 

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् भने विकास बैंकले निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जा, पर्साको वीरगञ्ज र दाङको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्दैछ ।