काठमाण्डौ । प्रभू बैंक लिमीटेडले चितवनको खैरहनी नगरपालिकास्थित पर्सा बजारमा नयाँ शाखा स्थापना गरी औपचारिक रुपमा कारोबार थालेको छ । 
 
बैंकले साउन ६ गते एक औपचारिक समारोहका बीच चितवन जिल्लाको खैरहनी नगरपालिका वडानम्बर ८ स्थित पर्सा बजारमा बैंकले शाखा कार्यालय संचालनमा ल्याएको हो । 
 
खैरहनी नगरपालिकाका मेयर लालमणि चौधरीले सो शाखाको समुद्घाटन गरेका बैंकले एक विज्ञप्ति जारी गरी जनाएको छ । 
 
बैंकको शाखा कार्यालय उद्घाटन गर्दै मेयर चौधरीले प्रभू बैंकले बैंकको व्यवसायिक सञ्जाल बिस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँमा शाखा कार्यालय संचालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा गुणस्तरीय र अत्याधुनिक प्रविधिसहितको बैंकिङ सेवा बिस्तार गरी प्रशंसनीय कार्य गरेको बताए । 
 
उद्घाटन समारोहमा स्थानीय व्यापारी, व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण लगायतको ठूलो सहाभागिता थियो ।