काठमाण्डौ । चितवन, नवलपरासी र कर्णाली प्रदेशमा गरी सोमबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणका क्रममा चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ। तीमध्ये १७ जना चितवनका हुन् भने तीनजना नवलपरासीका हुन्। 

कोरोना संक्रमितमध्ये दुई चिकित्सक भरतपुरको एक निजी अस्पतालमा कार्यरत रहेको बताइएको छ। अन्य संक्रमित माडी र भरतपुर महानगरपालिकाका छन्। 

यसैगरी सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि भएको छ। दैलेखका १०, सल्यानका ६ र सुर्खेतका एकजनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। ती सबै पुरुष हुन्। 

यीसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या ६५७ जना पुगेको छ।