काठमाण्डौ । चिनिया सेनाले नयाँ जवानहरुको भर्तिअघि केही टिप्स जारी गरेको छ, जसको सहयोगले सेनामा सामेल हुने इच्छा राख्ने युवाहरुले शारिरीक योग्यताको परीक्षा पास गर्न सक्नेछन्। 

बीबीसीका  अनुसार सेनाले जारी गरेको यी टिप्सहरुका कारण चीनको सामाजिक सञ्जालमा निकै ठूलो मजाक भइरहेको छ । 

एक अनलाइन पोस्टमा पिपुल्स लिबरेसन आर्मीले धेरै मात्ने पेय पदार्थ पिउनु, धेरै कम्प्युटर गेम खेल्नु तथा हस्तमैथुन गर्र्नुलाई युवाहरुको कमजोर स्वास्थ्यको मुख्य कारण भनेको छ । 

योसँगै सेनाले यिनकै कारणहरुले सेनामा भर्ति हुन चाहने तथा फेल हुने युवाहरुको संख्या बढिरहेको जनाएको छ । शहरमा भर्ति हुन आएका युवाहरु आधाभन्दा बढी शारिरीक स्वास्थताको परीक्षामा अनुतीर्ण हुने गरेका बताइएको छ । यहीकारण चिनियाँ सेनालाई नयाँ भर्तिका लागि उपयुक्त स्वास्थ्यको युवा भेट्न समेत निकै मुश्किल परिरहेको बीबीसीले दाबी गरेको छ । 

हेरौं सेनाले जारी गरेको १० टिप्स :
१.धेरै मात्ने पेय पदार्थका कारण करिब २५ प्रतिशत आवेदक ब्लड तथा युरिन जाँचमा असफल भएका छन् । त्यसकारण यस्तो पेय पदार्थ नपिउनू। 

२.स्क्रीन अगाडि धेरै समय नबिताउनुः भर्ति प्रक्रियाको दौरान ४६ प्रतिशत उम्मेद्वार आँखाको जाँचमा फेल भए । यसको मुख्य कारण मोवाइल तथा इलेक्टोनिक उपकरणको औधी प्रयोग भनिएको छ । 

३.धेरै एक्सरसाइज गर्नु : छनौट प्रक्रियामा सामेलमध्ये २० प्रतिशत युवा धेरै वजन भएका कारण बाहिरिए । 

४.कम्प्युटर गेम तथा हस्तमैथुनबाट टाढै बस्नुः ८ प्रतिशत बढी उम्मेद्वार धेरै बसिरहने तथा हस्तमैथुनका कारण स्वास्थ्यमा समस्या आएका कारण बाहिरै रहनुुपर्यो । 

५.पूरा निदाउने बानी बनाउनूः १३ प्रतिशत युवा उच्च रक्तचापका कारण चिनियाँ सेनामा भर्ति हुन पाएनन् । 

६.ट्याटूू बनाउनू । 

७.सफा पानी पिउनूः ७ प्रतिशत युवा उम्मेद्वार कान, नाक तथा घाँटीको समस्याका कारण बाहिरिए । यसको मुख्य कारण लामो समयसम्म खराब पानी पिउनुु मानिएको छ । 

८.अनुवांशिक परिस्थितिमा राम्रो उपचार गराउनु : ३ प्रतिशत युवा धेरै पसिना आउने तथा खुट्टामा समस्या भएका कारण बाहिरिए ।   

९.मानसिक स्वास्थ्य समस्याको उपचार गराउनू : १.६ प्रतिशत उम्मेद्वार मानसिक समस्या वा डिप्रेसनका कारण बाहिर भए । 

१०.सरसफाईमा विशेष ध्यान राख्नूः भर्ति प्रक्रियाको दौरान ३.४ प्रतिशत युवाको बिरामीको कारण बाहिर गर्नुपर्यो । यो बिरामी आम रुपमा पश्चिमी चीनमा दुुर्गन्ध तथा गरीबीमा जीवन बिताउँदा हुने गर्छ ।