काठमाण्डौ । सनराइज बैंक लिमिटेडले चिरायु नेशनल अस्पताल एण्ड मेडिकल इन्स्टीच्यूट, महाराजगञ्जमा एटिएम संचालनमा ल्याएको छ । 

चिरायु अस्पताल एटिएमको शुभारम्भ संचालक भोगेन्द्र गुरागाई र अस्पतालका संचालन अधिकृत तथा संचालक समितिका सदस्य चन्देश्वर बैद्यले संयुक्त रुपमा गरेका हुन् । 

हाल सनराइज बैंकले मुलुकभर आफ्ना ८३ वटा शाखा, ९६ वटा एटिएम, २२ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा संचालन गरिरहेको छ ।