काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको लाभांश सुरक्षित गर्न आज मंगलबारसम्म यी संस्थाको सेयरधनी कायम हुनुपर्नेछ ।

दुवै कम्पनीले लाभांश पारित र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि बुधबारदेखि बुक क्लोज गर्दैछन् । त्यसैले यी दुवै कम्पनीको लाभांश प्राप्त गर्न आजसम्म सेयरधनी कायम हुनुपर्नेछ ।

चिलिमेले आगामी मंसिर ११ गते २३ औँ वार्षिक साधारसभा गर्दैछ । सभाले चुक्तापुँजी ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार ७८२.४० रुपैयाँको २० प्रतिशतले हुना आउने ९५ करोड १६ लाख २७ हजार १५६.४८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने २३ करोड ७९ लाख ६ हजार ७८९.१२ रुपैयाँबराबरको नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।

यसैगरी गुराँस लघुवित्तले आगामी मंसिर १४ गते चौथो वार्षिक साधारणसभा गर्दैछ । सभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको चुक्ता पुँजी ७ करोड ७५ लाख रुपैयाँको ७.६१ प्रतिशतले हुन आउने ५९ लाख मूल्याबराबरको बोनस सेयर र ०.४० प्रतिशतले हुन आउने ३ लाख १० हजार ५२६ रुपैयाँबराबरको नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) पारित गर्नेछ ।