काठमाण्डौ । स्थान : बेइजिङ, अवसर : ग्रिष्मकालीन ओलम्पिक, वर्ष : २०२२ 

चीन सन् २०२२ मा एउटा डिजिटल युुआन मुुद्रा ल्याउन चाहन्छ। जसको नाम हो ‘ई–आरएमबी’। 

सन् २०२२ मा चीन जाने व्यक्तिहरुले यो नयाँ डिजिटल मुुद्रामा खरिद तथा लेनदेन गर्नुुपर्ने हुुन सक्छ। यो यस्तो मुद्रा हुुनेछ जुुन भौतिक रुपमा देखिने छैन। यसका साथै यसलाई न त नोटजस्तै हातमा बोक्न सकिनेछ। यो कुुनै कल्पनाको विषय होइन। 

अहिले विश्वका सबैजसो देशहरु कोरोनाभाइरसको प्रकोपसँग जुुधिरहेका बेला चीन भने डिजिटल युुआनमाथि पाइलट प्रोजेक्ट लन्च गर्नमा जुुटिरहेको छ। 

गत महिना चीनको केन्द्रीय बैंक र पिपुुल्स बैंक अफ चाइनाले चीनका चार ठूला सहर शेन्जेन, चेंगदुु, सुुजो र जिओनगानमा यससम्बन्धी कामको थालनी गर्न सुुरु गरेका थिए। यस परियोजनाअन्तर्गत सरकारी कर्मचारीहरुको केही भाग डिजिटल युुआनमा प्रदान गरिनेछ। यसका अलावा लगभग २० वटा निजी व्यवसायहरु जस्तै– स्टारबक्स र म्याकडोनल्डले पनि यो प्रयोगमा भाग लिएका छन्। 

यदि यो सफल भयो भने चीन सरकारले सन् २०२२ मा ग्रिष्मकालीन ओलम्पिकको समयमा यसलाई सम्पूर्ण चीनमा जारी गर्नेछ। तथापि यो चरणबद्ध रुपमा गरिनेछ र यसका लागि कयौँ वर्ष लाग्न सक्नेछ। 

यो परियोजनामाथि सन् २०१४ मा नै काम सुुरु गरिएको थियो। अहिले यसलाई लागू गर्नलाई चीनले तीव्रता देखाएको छ। यसको तीनवटा प्रमुुख कारण हुुन सक्छन्– अमेरिकासँगको बढ्दो व्यापार युुद्ध, कोरोनाभाइरसको विषयमा अमेरिका र पश्चिमी देशको चीनमाथि निरन्तर आरोप र फेसबुुकको डिजिटल मुद्रा लिब्रालाई यो वर्ष ल्याउने तयारी। 

यतिबेला वैश्विक सन्तुुलनमा बदलाव ल्याउन डिजिटल युुआन ल्याउन लागिएको बताइएको छ। यो चीनका ती महत्वाकांक्षी परियोजनाहरुको हिस्सा हो, जसका उद्देश्य अमेरिकाको प्रभाव अन्त्य गर्नुु र २१ आँै शताब्दीको एउटा शक्तिशाली देशका रुपमा उदाउनुु हो। 

विशेषज्ञहरुका अनुुसार यसको सफलतासँगै १० देखि १५ वर्षको अवधिमा एउटा नयाँ राजनीतिक र आर्थिक व्यवस्थाले जन्म लिन सक्दछ। 

भारत र अमेरिका पनि आफ्ना डिजिटल मुद्रामा काम गरिरहेका छन्। तर अहिलेको मितिसम्म यो वास्तविताभन्दा धेरै टाढा छ। 

विशेषज्ञहरुका अनुुसार अमेरिका र चीनबीचको आर्थिक व्यापार युुद्ध र कोरोनाको प्रभावका कारण डलरमाथि खतरा मडारिएको छ। तर तत्कालै अन्य कुुनै विकल्पको अभावका कारण यो परिवर्तनमा समय लाग्न सक्छ। 

तथापि अमेरिकी डलरको महत्व यसबाट अनुुमान लगाउन सकिन्छ कि सन् २०१९ मा अन्तर्राष्ट्रिय मौद्रिक लेनदेनको लगभग ९० प्रतिशत कारोबार अमेरिकी डलरमा भएको थियो। यसको तुलनामा चिनियाँ युुआनले वैश्विक भुुक्तानी र भण्डारमा जम्मा २ प्रतिशतमात्रै ओगटेको थियो। 

अर्काेतर्फ विश्वको सबै रिर्जभ भण्डारको ६० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकी डलरको थियो। चीनको ढुुकुुटीमा तीन खर्ब डलर पनि अमेरिकी मुद्रामै रहेको छ। 

अहिले अमेरिकी डलरको प्रभाव र यसको महत्वको अर्थ यो हो कि अमेरिका विश्वको राजनीति र आर्थिक मुद्रामा आफ्नो दबदबा कायम राखिरहनेछ। उदाहरणका लागि इरान, रुस, उत्तर कोरिया र अन्य देशका विरुद्ध प्रतिबन्ध, अन्तर्राष्ट्रिय व्यापार र बैंकहरुको अमेरिकी डलरमाथिको निर्भरताको कारण सम्भव भएको हो। 

डायचे बैंकले यो वर्षको जनवरी महिनाको अन्त्यमा डिजिटल मुद्रासम्बन्धी एउटा विशेष प्रतिवेदन सार्वजनिक गरेको थियो। जसमा चीनको डिजिटल युुआन मुद्राले विश्वको शक्ति सन्तुुलनलाई पल्टाउन सक्ने जनाइएको थियो। प्रतिवेदनमा भनिएको थियो, “चीन आफ्नो केन्द्रीय बैंकको सहायतामा डिजिटल मुद्रामाथि काम गरिरहेको छ जसलाई सफ्ट या त हार्ड पावर टुुलका रुपमा प्रयोग गर्न सकिनेछ।’

‘वास्तवमा यदि चीनमा व्यापार गर्ने कम्पनीहरुलाई डिजिटल युुआन अपनाउन बाध्य पारिए निश्चित रुपमा वैश्विक वित्तीय बजारमा रहेको डलरको प्रभुुत्वलाई नष्ट गर्न सकिन्छ’, प्रतिवेदनमा उल्लेख छ, ‘२० औँ शताब्दीको सुुरुआतमा जसरी अमेरिकाले डलरलाई बढावा दिएको थियो, त्यसरी नै चीन अहिले रेनमिनबी आरएमबीलाई अन्तर्राष्ट्रियकरण गर्न अथक प्रयास गरिरहेको छ। सन् २००० देखि २०१५ सम्म चीनको व्यापारीक लेनदेनमा आरएमबीको हिस्सा शून्यबाट बढेर २५ प्रतिशत पुुगेको छ।’ – बीबीसीबाट भावानुवादित