काठमाण्डौ । चीनले देशको वित्तीय प्रणालीलाई लिएर उठिरहेको गम्भीर चिन्ताहरुकाबीच ठूलो लेनदेनलाई नियन्त्रणमा राख्नका लागि नयाँ व्यवस्थाको थालनी गरेको छ । 

चीनको केन्द्रीय बैंक पिपुुल्स बैंक अफ चाइनाले यो महिना हुुवेई प्रान्तमा पाइलट आधारमा यो नयाँ व्यवस्थाको सुुरुवात गरेको छ, जसको माध्यमबाट खुुद्रा र बिजनेस क्लाइन्टले कुुनै पनि प्रकारको ठूलो निकासी वा त निक्षेपको जानकारी पहिले नै दिनुुपर्नेछ । 

दुुई वर्षका लागि सुुरु गरिएको यो व्यवस्थाको विस्तार झेजियाङ र शेञ्जेनमा पनि गरिने भएको छ । यो निर्णयको असर करीब सात करोड मानिसहरुमा पर्नेछ । 

समाचार एजेन्सी ब्लुुमबर्गकाका अनुुसार कोरोना महामारीका कारण बैंकमा फसेको कर्जामा देखिएको भारी वृद्धिलाई मध्यनजर गर्दै पिपुुल्स बैंक अफ चाइनाले यो कदम उठाएको हो । 

रिपोर्टमा चीनको आर्थिक वृद्धिको रफ्तार पछिल्लो चार दशककै सबैभन्दा कम रहने अनुुमान गरिएको छ । यस्तो समयमा चीनको बैंकहरुमा फसेको कर्जामा अत्यधिक बढोत्तरी भएको छ । 

हुुवेई र शानक्सीमा रहेको दुुईवटा स्थानीय बैंकहरुमा ग्राहकको ठूलो मात्राको निकासी रोक्नका लागि अधिकारीहरुले हस्तक्षेप गर्नुुपरेको हो। 

रिपोर्टअनुुसार पिपुुल्स बैंक अफ चाइनाले एउटा विज्ञप्ति जारी गर्दै व्यवस्थापकीय जोखिमलाई नियन्त्रणमा राख्नका लागि यो पाइलट प्रोजेक्ट लागू गरिएको हो । यो प्रोजेक्टको लक्ष्य ठूलो परिमाणमा नगदको अनुुचित मागमाथि कडा निगरानी राख्नुु हो । 

यो योजनाअन्तर्गत कारोबार गर्ने व्यवसायीले ५ लाख युुआन(७१ हजार डलर)भन्दा अधिक कारोबारको जानकारी उपलब्ध गराउनुपर्नेछ । 

त्यस्तै सर्वसाधारणका लागि यो सीमा १ लाख युुआनदेखि ३ लाख युुआन तय गरिएको छ । यो राशि विभिन्न क्षेत्रमा फरक फरक हुुनेछ ।

यद्यपि विज्ञप्तिमा तय गरिएको राशिभन्दा अधिकको कारोबारलाई रिजेक्ट गर्न सकिने भन्ने बारेमा स्पष्ट पारिएको छैन । तथापि बैंकहरुले रिपोर्ट प्रस्तुुत गर्नुुपर्नेछ र जोखिमलाई पहिचान गर्दै अधिक जोखिम भएको क्षेत्रका ग्राहकहरुलाई पछ्याउनुुपर्नेछ ।