काठमाण्डौ। चीनको उड्डयन क्षेत्रले लगातार घाटा व्यहोरिरहेको छ।

यो वर्षको दोस्रो त्रैमासमा पनि चीनको उड्डयन क्षेत्रले झन्डै ५ अर्ब डलरको नोक्सानी व्यहोर्नुपरेको छ। यो नोक्सानी पहिलो त्रैमासकै हाराहारीमा रहेको एभिएसन एडमिनिस्ट्रेसन अफ चाइनाले जनाएको छ। 

उड्डयन क्षेत्रमा देखिएको नोक्सानीबाट प्रस्ट हुन्छ कि कोरोना महामारीका कारण चीनलाई ठूलै आर्थिक चोट पुगेको छ। एभिएसन एडमिनिस्ट्रेसनका अनुसार पहिलो त्रैमासमा पनि यो क्षेत्रमा ३८.१ अर्ब युआनको नोक्सानी व्यहोरेको थियो। 

त्यसो त लकडाउन खुलेपछि चीनको उड्डयन क्षेत्रमा सुधार हुँदै गएको थियो। तर मानिसहरुमा अझै पनि कोरोनाको त्रास जीवितै रहेको कारण सोचअनुरुप यो क्षेत्रमा सुधार हुन नसकेको एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ। 

गत वर्षको तुलनामा जुन महिनामा चीनमा हवाई सेवाको प्रयोग गर्नेको संख्या ४२.४ प्रतिशतले घटेको छ। जब कि गत वर्ष यही महिनामा ३.७४ करोड मानिसले हवाईयात्रा गरेका थिए। 

यात्रुलाई लोभ्याउन हवाई कम्पनीहरुले विभिन्न अफरहरु सार्वजनिक गरिरहे पनि मानिसहरु संक्रमणका कारण घरबाट बाहिर निस्किन डराइरहेको सरकारी अधिकारीहरु बताउँछन्। – एजेन्सी