काठमाण्डौ । चीनको एक शहरमा यस्तो म्युजियम बनेको छ, जसको आकृति गंगटा जस्तो छ । यो म्युजियमलाई गंगटाकै लागि समर्पित गरिएको अन्तराष्ट्रिय मिडिया रिपोर्टमा उल्लेख छ । छैन त आकर्षक ? हेर्नुहोस् यो अनौठो म्यूजियम :

 

यो अनौठो भवन बनाउने कम्पनीको मेनेजरले मिडियाहरुलाई भनेका छन् कि यसलाई एक व्यवसायिक भवनको रुपमा विकास गरिनेछ, जहाँ मनोरञ्जका सुविधा, रेष्टुराँ लगायतका सुविधाहरु उपलब्ध हुनेछन् । 

यो अनौठो भवनको निर्माण कार्यको सुरुवात यही वर्षको मार्चबाट भएको थियो । आगामी वर्षको दोश्रो त्रैमाससम्म निर्माण पूरा हुने अपेक्षा गरिएको छ । 

समाचार एजेन्सी सिन्ह्वाका अनुसार स्टेनलेस स्टीलको तीन तले यो भवन ७५ मिटर लामो र १६ मिटर अग्लो रहेको छ । 

बाकेङ नामको शहर एक तालको किनारामा छ । प्रत्येक वर्ष याङचेङ नामको यो तालमा २ हजार टन भन्दा अधिक गंगटा पक्रने गरिन्छ ।