बेइजिङ(रासस/सिन्ह्वा) । चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । 

मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिनुभएको हो । 

उहाँले चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिनेछ भन्नुभयो । 

प्रधानमन्त्री खछ्याङ्ले हामीले सुरुमा १ करोड १० लाख नयाँ रोजगारी सिर्जनागर्ने लक्ष्य बनाएका थियौँ, तर अब यसमा सरकारले गम्भीर रुपमा काम गर्नेछ र जसका कारण १ करोड ३० लाख नै नयाँ रोजगारी सिर्जना हुनेछ । 

उहाँले गएको पाँच वर्षमा चीन सरकारले देशमा ६ करोड ६० लाख नयाँ रोजगारीहरु सिर्जना भएको पनि जानकारी गराउनुभयो । 

रोजगारी कुनै व्यक्ति वा परिवारका लागि मात्र महत्वपूर्ण नभई सरकार र देशका लागि पनि हो भन्दै प्रधानमन्त्री खछ्याङले देशमा नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि सरकारले निकै मेहनेतका साथ काम गरिरहेको जानकारी दिनुभयो । 

यसवर्ष गाउँबाट सहरमा आउने करिब ३० लाख मानिसले रोजगारी खोज्ने पनि जानकारी उहाँले दिनुभयो । त्यसैले पनि सरकार ती क्षेत्रमा रोजगारीका लागि काम गरिरहेको छ– उहाँले भन्नुभयो । 

चीनको सहरी क्षेत्रमा ग्रामीण क्षेत्रबाट रोजगारीका लागि आउने आप्रवासी कामदारहरुकोे संख्या २८ करोड रहेको छ । 

उनीहरुले चिनियाँ सहरी क्षेत्रमा आवश्यक कामदारहरुको खाँचो टार्नेमात्र नभएर देशको अर्थतन्त्रमा पनि ठूलो योगदान पु¥याएको अनुमान सरकारको छ । 

ती सबै आप्रवासी कामदारहरुको माग सम्बोधन गर्न सरकार गम्भीर रहेको र त्यसका लागि काम गरिरहेको जानकारी उहाँले दिनुभयो । 

प्रधानमन्त्री खछ्याङ्ले यसवर्ष कलेजका करिब ८२ लाख विद्यार्थी पनि रोजगारीका लागि सहर प्रवेश गर्ने अनुमान गरिएको जानकारी दिनुभयो । 

सरकारले सिर्जना गरेको यस नयाँ रोजगारीले उनीहरुका लागि काम गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।