अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बौद्धिक सम्पत्ती चोरीको आरोप लगाउँदै पचास अर्व डलर मूल्य बराबरको चिनियाँ सामानहरुमा २५ प्रतिशत कर लगाएका छन्।

वार्षिक व्यापारमा ३४ अर्व डलर मूल्य बराबरको ८ सय भन्दा बढी उत्पादनहरुमा असर पार्ने उक्त निर्णय ६ जुलाई देखि लागू हुनेछ।

ह्वाइट हाउसले उसले १६ अर्व डलर मूल्यका अन्य उत्पादनहरुको सूचि बारे टिप्पणी गर्ने र यदि चीनले बदला लिए थप कर लगाउने जनाएको छ।

अमेरिकी राष्ट्रपतिको यस्तो निर्णय आएसँगै चीनले त्यसको जवाफ स्वरुप प्रतिवाद गर्ने जनाइसकेको छ।

यसले व्यापार युद्ध बढ्ने डर उत्पन्न भएको छ।

ट्रम्पले उक्त कदम चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको थप अनुचित हस्तान्तरणलाई रोक्नका लागि अत्यावश्यक रहेको जसले अमेरिकी रोजगारको रक्षा गर्ने बताएका छन्।

उनले अमेरिकाले अब अनुचित आर्थिक अभ्यासहरूमार्फत आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाएको सहन नसक्ने बताएका छन्।

अमेरिकाले, चीनले बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरु चिनियाँ कम्पनीहरुमा पठाउने प्रोत्साहन गरेको आरोप लगाउँदै चीनले त्यस्तो गर्न बन्द गरोस् भन्ने चाहेको छ।

अमेरिकी राजदूत रोबर्ट लाईटहाइजरले राष्ट्रपति ट्रम्पले सही रुपमा यसको पहिचान गरेको र यदि देशको समृद्ध भविष्य होस् भन्ने चाहने हो भने निस्पक्ष व्यापार र अमेरिकाको प्रतिस्पर्धी स्वभावको संरक्षण गर्न अडान लिनुपर्ने बताएका छन्।

यसअघि शुक्रबार चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गङ स्वाङले यदि वासिङटनले व्यापार प्रतिबन्ध लगाए चीन र अमेरिकाबीचको व्यापार वार्ता त्याग्ने चेतावनी पुनः दोहोर्‍याएका थिए।

उनले आफूहरूको अडान अहिले पनि उही रहेको बताएका छन्।

उनले यदि अमेरिकाले चिनियाँ चासोलाई हानी गर्ने एकपक्षीय र रक्षात्मक उपायहरु अवलम्बन गरे आफ्नो वैध अधिकार र चिन्ताहरूको रक्षा गर्न आवश्यक निर्णयहरु गरेर तुरुन्तै प्रतिक्राया दिने बताए।

-बीबीसीबाट