काठमाण्डौ । अमेरिकाको सुुरक्षा एजेन्सी एफबीआईका निर्देशक क्रिस्टोफर रेले अमेरिकाका लागि चीन सबैभन्दा ठूलो चुुनौती भएको बताएका छन्।

निर्देशक रेले अमेरिकाको आर्थिक र राष्ट्रिय सुुरक्षालाई लिएर चीनले जासुुुसी गरिरहेको गम्भीर आरोप लगाउँदै यस्तो हर्कत अमेरिकाका लागि ठूलो खतरा भएको बताएका हुन्। उनले चीनका लागि खतरा देखिएका विदेशमा बसोबास गर्ने नागरिकलाई स्वेदश फर्काउन चीनले “फक्स हन्ट” नामक कार्यक्रम सञ्चालन गरिरहेको बताए। ‘चीन आफ्नो सम्पूर्ण शक्ति लगाएर विश्वको एकमात्रै सुुपरपावर बन्न खोजिरहेको छ’, उनले भने। 

निर्देशक रेले चिनियाँ हस्तक्षेपको एउटा कठोर तस्बिर, आर्थिक जासुुसी, डेटा र मौद्रिक चोरी तथा अवैध राजनीतिक गतिविधिको दूरगामी अभियान र अमेरिकी नीतिलाई प्रभावित गर्न भ्रष्टाचार र ब्ल्याकमेलको उपयोगबारे रुपरेखा सार्वजनिक गरेका थिए।

उनले यस क्रममा एफबीआईमा मौजुुद ५ हजार सक्रिय काउन्टर इन्टिलिजेन्स मामिलामा आधाभन्दा धेरै चीनसँग जोडिएको बताए। ‘अब अवस्था यस्तो आइसक्यो कि प्रत्येक १० घन्टामा चीनसँग सम्बन्धित नयाँ घटनाहरु देखिरहेका छन्’, उनले भने। – एजेन्सी