ओखलढुंगा । नयाँ शक्ति नेपालका जिल्ला कमिटीका प्रमुख नेताहरुले सामूहिक पार्टी परित्याग गरेका छन् । चुनावको संघारमै ९ नेताले पार्टी परित्याग गरेका हुन् ।

उनीहरुले एक वक्तव्य जारी गर्दै पार्टीबाट अलग भइ स्वतन्त्र भएको जनाएका छन् । पार्टीमा विधि पालना नभएको, आर्थिक चलखेल भएको वक्तव्यमा उल्लेख छ ।

पार्टी छोडेकामध्ये एक खुदबहादुर खत्री भने माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

जिल्लास्तरका प्रमुख नेताहरुले नै सामूहिक पार्टी परित्याग गरेपछि नयाँ शक्ति अहिले नेताविहीनजस्तै बनेको छ । आजको कान्तिपुरमा खबर छ ।