काठमाण्डौ । यही बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लव मााओवादीले राजधानीलाई निसाना बनाएर आफ्ना कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई टाउको दुखाई भएको छ । 

नेपाल कम्युनिष्ट पाटी विप्लव समुहले हतियारसहित तालिम प्राप्त केही कार्यकर्तालाई राजधानीमा पठाएपछि सुरक्षा निकायले ती कार्यकर्ताको खोजी तीव्र बनाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।