काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आशुतोष इनर्जी प्रा.लि.द्वारा प्रवद्र्घित लमजुङ्ग जिल्लाको दुधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित ८.६३ मेगावाटको चेपे खोला साना जलविद्युत आयोजनामा लगानी गर्नका लागि सम्झौता गरेको छ । 

८.६३ मेगावाट क्षमता भएको चेपे खोला साना जलविद्युत आयोजनाको कुल लागत १ अर्ब पचास करोड रुपैयाँ रहनेछ । जसमध्ये बैकको लगानी कुल १ अर्ब १२ करोड ५० लाख रुपैयाँ हुनेछ । यससँगै एनएमबि बैंकको कुल ४० वटा जलविद्युत आयोजनाहरुमा लगानी हुनेछ ।  

चेपे खोला साना जलविद्युत आयोजना जलविद्युत क्षेत्रका अनुभवी प्रवद्र्घकहरु तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदैछ ।

व्यापारिक उत्पादन शुरु गर्नुपर्ने २०७८ फाल्गुण ९ गते भएतापनि कम्पनीले ४ महिना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ ।

विद्युत गृहबाट उत्पादित विद्युत लमजुङ्ग जिल्लामा अवस्थित किर्तिपुर सबस्टेशनमा जडान गरिनेछ ।