काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्सले आगामी चैत १४ गते बुधबारका दिन एघारौं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

कम्पनीले काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा साधारणसभा डाँकेको हो । 

कम्पनीको फागुन १८ गते शुक्रबार बसेको १०८ औं बोर्ड बैठकले एघारौं साधारणसभाको मिति तथा एजेण्डाहरुको बिषयमा टुंगो लगाएको हो । 

प्राइम लाइफको साधराणसभामा २०७३ ७४ सम्मको सञ्चित मुनाफाबाट हकप्रद सेयर निश्कासन पश्चात हुने चुक्तापूँजी १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२.५ प्रतिशतका दरले हुने १९ करोड ८३ लाख ५ हजार बराबरको बोनस सेयर वितरण गर्ने बिषय विशेष प्रस्तावको रुपमा पेश हुनेछ । बोनस सेयरको कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत साधारणसभाले पारित गर्नेछ । 

बोनस सेयरपछिको हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने,  अध्यक्ष र संचालकले पाउने बैठकभत्ता वृद्धि गर्ने लगायतका विशेष प्रस्ताव पेश हुने बताइएको छ । 

प्राइम लाइफले साधारणसभा तथा बोनस सेयर प्रयोजनका लागि समेत फागुन ३० गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ फागुन २९ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्नेहरुले मात्र साधारणसभामा सहभागी हुन र बोनस सेयर पाउनेछन् ।