काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर कम्पनी लिमीटेडको आइपीओको बाँडफाडँ बिहीबार(चैत ३१ गते) हुने भएको छ । 

बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल लिमीटेडका अनुसार लाजिम्पाटस्थित एनआइबिएल क्यापिटलको कार्यालय परिसरमा बिहीबार बिहान ९ बजे आइपीओको बाँडफाँड हुनेछ । 

यूनाइटेड मोदीले फागुन १९ देखि २३ गतेसम्म १७ लाख २५ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि निश्कासन गरेको थियो । १७ करोड २५ लाख मूल्यको आइपीओमा ४ अर्ब बढीको प्रस्ताव परेको थियो । 

यो कम्पनीले ३४ हजार ५ सय कित्ता आफ्ना कर्मचारीका लागि, ८६ हजार २ सय ५० कित्ता म्युुचुुअल फण्डहरुका लागि र बाँकी १६ लाख ४ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो । 

इच्छुक लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम १५ हजार कित्तासम्मका लागि आवेदन दिएका थिए । 

हाल यो कम्पनीको चुक्तापूँजी ९७ करोड ७५ लाख रहेको छ । आइपीओको बाँडफाँडपछि चुक्तापूँजी १ अर्ब १५ करोड रुपैयाँको उचाईमा पुुग्नेछ ।