रुपन्देही । चौतारी लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रथम अर्धबार्षिक समीक्षा तथा शाखा ब्यबस्थापन तालिम प्रदान गरेको छ ।

तालिममा प्रदेश ५, कर्णाली र गण्डकी प्रदेशका १६ जिल्लाका ५७ शाखा प्रबन्धको सहभागिता रहेको थियो । 

तिलोत्तमा भलबारीमा रहेको कृषी बिकास बैंक तालिम केन्द्रमा शुरु भएको तालिममा प्रशिक्षक अर्बेन्द्र गिरी, महेश दाहाल लगायतले ३ दिनसम्म सहजीकरण गरेका थिए ।

तालिमको उद्घाटनका क्रममा बोल्दै संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले आर्थिक समृद्धिका लागि उद्यमशील बन्नुपर्ने बताए । उनले चौतारीलाइ नेपालकै नमुना बनाउने गरी काम भइरहेको समेत दाबी गरे ।

प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले संस्था र यसको भविष्य बलियो बनाउन सामूहिक प्रयासको खाँचो औंल्याए ।

समूहमा मिलेर उत्पादन क्षेत्रमा लगानी गर्ने बानीको विकासलाई संस्था अघि बढेको उनले बताए । 

नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले वित्तिय साक्षरता दिने रुपमा फरकफरक समयमा तालिमहरु दिदै आएको बताए ।

कार्यक्रममा कृषि बिकास बैंक तालिम केन्द्रका तालिम अधिकृत राजेश श्रीबास्तब, कपिल ज्ञवाली लगायतले बोल्दै तालिमबाट सिकेको सबै ज्ञानलाई आफनो क्षेत्रमा लागू गर्न सके मात्र तालिम सफल हुने बताए  । 

चौतारीले यसअघि पनि महिलाहरुलाई वित्तिय साक्षरता लगायतका तालिमहरु संचालन गर्दै आएको थियो ।